डडेल्धुराको भित्रि–मधेश क्षेत्र परशुराम नगरपालिका १० बस्ने १३ वर्षीय बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा २ जनालाई ईलाका प्रहरी कार्यालय जोगबुडाले पक्राउ गरेको छ।
असोज ५ गते राति घर नजिकै १३ वर्षीय वालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सोही नगरपालिका १० बस्ने २३ वर्षीय रामसिह ठगुन्ना र दार्चुला नौगाड गाउँपालिका ५ घर भएका जगदीश धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सुचना अधिकारी एवम् प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सामूहिक बलात्कार गरी भागेको भन्ने सुचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोगबुडाबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ दुवैलाई पक्राउ गरेको थियो ।” पीडित बालिकाको स्वास्थ्य अवस्था समान्य रहेको र बालिकासहित बलात्कारको आरोपमा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा ल्याइएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।
