काठमाडौं – विराटनगरमा अवतरण हुन नसकेको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा अवतरण भएको छ । विमानको पाङ्ग्रा नखुलेपछि विमान विराटनगर विमानस्थलमा अवतरण हुन सकेको थिएन ।
बिहान साढे ८ बजे विराटनगरका लागि उडेको उक्त विमान पाङ्ग्रा नखुलेपछि केहीबेर तनाव भएको थियो । झण्डै दुई घण्टासम्म आकाशमा घुमेपछि विमान त्रिभुवन विमानस्थलमा सफल अवतरण भएको छ । विमानमा रहेका ७३ जना यात्रु सवै सकुशल रहेको जनाइएको छ ।
विमान अवतरण गर्ने क्रममा विमानस्थलमा दमकल र एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो । तर विमान ठुलो दुर्घटना हुनबाट जोगिएको छ ।
