• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

कृषि विकासमा डब्लूटीओको प्रभाव


  •   मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित
  • मानव अधिकारका सिद्धान्तहरू विश्वका सबै देशमा बाध्यकारी रूपमा लागू भएका छन् 
    नेपालका ८० प्रतिशत गरिब मानिस ग्रामीण क्षेत्रमा पूर्णतः खेतीमा आश्रित छन् । यसमा धेरैजसो साना किसान बाँच्नकै लागि खेतीपाती गर्छन् । त्यस्तैगरी, किसानको अर्को उल्लेखनीय हिस्साले स्थानीय स्तरमा उपभोगका लागि उब्जनी गर्छन् । यस प्रकार खेतीपाती खाद्यान्न उत्पादन र उपभोगका निमित्त मात्र प्रमुख गतिविधि नभएर संस्कृति परम्परालगायत जीविकको बृहत्तर तìवको व्यवस्थाका निमित्त पनि महìवपूर्ण छ ।
    जनसङ्ख्याको ठूलो हिस्सा कृषि क्षेत्रमा सक्रिय छ भने नयाँ रोजगारका अवसर पैदा गर्न र गरिबी न्यूनीकरणका लागि कृषि क्षेत्रको विकास गर्नु प्रभावकारी हुन्छ । यस मार्गलाई अपनाएर स्वास्थ्य, पोषण र शिक्षाको स्तरमा सुधार गर्न सकिन्छ । यदि हामी नेपालका सबैजसो निर्धन र साधनहीन मानिसको स्थितिमा सुधार ल्याउन चाहन्छौँ भने हामीले ग्रामीण क्षेत्रको पुनर्निर्माणमा ध्यान दिनु पर्छ र कृषि नीतिलाई नाफाखोर बजारमुखीको सट्टा गरिब किसानको हित हुने विषयमा केन्द्रित गर्नुपर्छ ।
    यसका लागि मानव अधिकार र कानुनका आधारमा प्रभावकारी कृषि व्यवस्थासम्बन्धी साधन विकसित गर्न सकिन्छ र यसले सबैका लागि मानव अधिकारको सुनिश्चितता गर्न सक्छ । वर्तमान परिप्रेक्ष्यमा यसकारणले मानव अधिकार प्रासङ्गिक हुन जान्छ कि डब्लूटीओका सबै सदस्य देशले कुनै न कुनै अन्तर्राष्ट्रिय सन्धिप्रति सहमति जनाई तिनको कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालले सन् २००४ को अप्रिल २३ मा डब्लूटीओको सदस्यता प्राप्त गर्नुभन्दा अगाडि नै अन्तर्राष्ट्रिय मानव अधिकार कानुनका छवटा कोर महासन्धिलाई अनुमोदन गरिसकेको थियो । यी अनुमोदन गरिएका मानव अधिकारका सिद्धान्तहरू विश्वका सबै देशमा बाध्यकारी रूपमा लागू भएका छन् । जसका केही प्रावधान राष्ट्रिय कानुनहरूमा समावेश गरिएका छन् र बाँकीले अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिहरूमा व्यक्त प्रतिबद्धतामा स्थान पाइसकेका छन् ।

    Advertisement

    मानव अधिकार कानुनले मानव अधिकारको सम्मान, रक्षा र प्रत्याभूत गर्ने सम्बन्धमा सदस्य राष्ट्रहरूबाट ठोस कदम चालियोस् भन्ने अपेक्षा गर्छ । जस्तो, भोजनको अधिकारलाई ‘सम्मान गर्नु’को अर्थ– सरकारले आमजनताको भोजनको पहुँचलाई सुनिश्चित गर्नुपर्छ । त्यस्तैगरी, ‘सुरक्षा प्रदान गर्ने’ दायित्वअन्तर्गत सरकारले शक्तिशाली व्यक्ति तथा कम्पनीहरूसहित तेस्रो पक्षलाई रोक्नका निमित्त उचित कानुन बनाउनुपर्छ, जसले गर्दा जनताले भोजनबाट वञ्चित हुनु नपरोस् । अर्को, ‘अधिकार प्रदान गर्ने’ भन्नाले समाजमा जोमिखपूर्ण अवस्थामा रहेकाहरूको पहिचान गर्ने र ती व्यक्तिलाई भोजनमा पहुँचको सुनिश्चितता गर्न नीति बनाएर लागू गर्नु हो । अन्तिम विकल्पका रूपमा आफ्नो निमित्त आफैँ भोजनको व्यवस्था गर्न नसक्ने व्यक्तिलाई सरकारले पर्याप्त भोजन
    उपलब्ध गराउनुपर्छ ।

    यस सन्दर्भमा संयुक्त राष्ट्रसङ्घका भोजन अधिकार विशेष प्रतिनिधिले भनेका छन्– खाद्यसम्बन्धी अधिकारको कार्यान्वयनका सबै प्रक्रियामा सबैको सहभागिता, उत्तरदायित्व र पहुँच सुनिश्चित गरियोस् भन्ने महìवपूर्ण कुरा हो । तर, विडम्बना यी सबै दायित्वलाई कार्यान्वयन गर्न नेपाल सरकार असफल भइसकेको छ । प्रथम पुस्ताको भनेर पुकारिने नागरिक तथा राजनीतिक अधिकारको प्रत्याभूति नेपालमा शून्य छ । यस्तो अवस्थामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार निकै टाढाको विषय भएको छ । तथापि, जीवनको अधिकारजस्ता केही प्रथम पुस्ताका अधिकारलाई तत्काल प्रत्याभूत गरिनुपर्छ । भोजन र स्वास्थ्यजस्ता अधिकारहरूको क्रमिक रूपमा राज्यको प्रगतिसँगै प्रत्याभूत वा लागू गर्न सकिन्छ । क्रमिक रूपमा लागू गर्नुको अर्थ यस्ता दोस्रो पुस्ताका अधिकारहरूको प्रत्याभूतिका लागि सरकारले तीव्र रूपमा कदम चाल्नु हो ।

    यस्तो उद्देश्य हासिल गर्नका निमित्त सरकारले उपलब्ध साधनहरूको अधिकतम रूपमा समुचित प्रयोग गर्न सक्छ । उपलब्ध साधन भनेको देशभित्रै उपलब्ध साधन तथा अन्तर्राष्ट्रिय सहायताका रूपमा अन्तर्राष्ट्रिय समुदायमार्फत उपलब्ध हुने साधन हुन् । अर्कोतर्फ, मानव अधिकारका विषयमा अन्तर्राष्ट्रिय स्तरमा केही दायित्वलाई महìवपूर्ण मानिन्छ । घरेलु मानव अधिकारको स्थितिप्रति अन्य देशले नकारात्मक टिप्पणी नगरुन् भन्ने कुराको सरकारले सुनिश्चित गर्नुपर्छ ।
    आर्थिक एवं व्यापारिक नीतिहरूको निर्धारणमा मानव अधिकारको पृष्ठभूमि अत्यन्त सहयोगी उपकरण हो । मानव अधिकारले समुदायका अत्यन्त जोखिमपूर्ण सदस्यहरूको आवश्यकतालाई जोड दिन्छ । प्रस्तावित नीतिलाई मापन गर्न जनकेन्द्रित मापदण्ड प्रदान गर्छन् । यसका अतिरिक्त मानव अधिकारलाई साकार पार्नका निमित्त न्यूनतम नीतिगत स्तरमा उचित कदम उठाइयोस् भन्ने कुरा पक्ष राष्ट्रहरूबाट अपेक्षा गरिन्छ । गरिब तथा कमजोर स्थितिका जनताको परिस्थितिमा सुधारका सम्भवनाहरूको आधारमा आफ्ना प्रस्तावित नीतिलाई आकलन गर्नुपर्छ भन्ने पनि हो । जसले कृषि तथा कृषि व्यापार नीतिहरू बढी जनकेन्द्रित हुन् भन्ने पक्षलाई जोड दिन्छ । तर विडम्बना सन् १९९५ मा लागू गरिएको डब्लूटीओको कृषि सम्झौता (एओए) ले कृषि व्यापारको नीति निर्धारणका बारेमा जनकेन्द्रित दृष्टिकोण अपनाएको छैन । यसले ठूलो स्तरका उत्पादक तथा खाद्य व्यापारीहरूलाई फाइदा पु¥याउने गरी निर्यातमुखी कृषि व्यापार नीतिहरू अपनाएको छ । यति हुँदाहुँदै पनि एओएमा डब्लूटीओका सदस्य राष्ट्रलाई निष्पक्ष तथा जनकेन्द्रित कृषि व्यापार व्यवस्था सुरु गर्ने छुट दिने कुनै पनि प्रावधान राखिएका छैनन् । अर्कोतर्फ, त्यसमा उल्लेख भएका प्रावधानलाई हालसम्म पूर्ण रूपमा न त परिभाषित गरिएको छ, न प्रयोग नै । यो बाध्यात्मक परिस्थितिबाट नेपाल र नेपाली किसान अलग रहन सक्दैनन् । नेपालले डब्लूटीओको सदस्यता प्राप्त गरिसकेको हुँदा यस कृषि सम्झौताले यहाँका कृषकको मानव अधिकारलाई गम्भीर प्रभाव पार्छ ।

    मानव अधिकारको दृष्टिकोणले हेर्दा कृषि सम्झौताका मुख्य चार वटा खराब पक्ष छन् । पहिलो, यसको निर्यातमुखी पद्धतिहरूले कृषि उत्पादनमा सक्रिय व्यक्तिको जीविकाका अवसर र जीवनस्तरमा सुधारको सट्टामा उत्पादन र निर्यात वृद्धिमा बढी जोड दिन्छ । दोस्रो, कृषि सम्झौताले बहुराष्ट्रिय उत्पादक र व्यापारीहरूको बजारमा रहेको पकडमा अंकुश लगाउन विफल भइसकेको छ । तेस्रो, उचित र पर्याप्त नियमको अभावले गर्दा डम्पिङलाई वैद्यता र संस्थागत रूप दिने गर्छ भने चौथो विफलता भनेको कृषि सम्झौताले विकासशील राष्ट्रहरूलाई असमान समीकरणमा फसाइदिन्छ । यो एउटा समस्यामूलक परिस्थिति हो । यसमा नेपालजस्ता विकासशील राष्ट्रले आफ्ना जनताको सुरक्षाका लागि आवश्यक पर्ने नीतिहरूको हकमा अपेक्षा गरिएका नीतिहरू बनाउने गुन्जाइस रहँदैन । उनीहरूले न आयात प्रवाहलाई नियन्त्रण गर्न कुनै कदम उठाउन सक्छन्, न कुनै उत्पादनको डम्पिङलाई रोक्न सक्छन् । अर्कोतर्फ, घरेलु मूल्य नियन्त्रण गर्न पनि सम्भव हुँदैन । यस परिस्थितिले मानव अधिकारको कार्यान्वयन र सुरक्षाको मुद्दामा विकासशील राष्ट्रहरूको क्षमतालाई सीधै प्रभावित गर्छ । यसको फाइदा सधँै विकसित राष्ट्रहरूको पक्षमा हुन्छ । यसरी विकसित राष्ट्रका नीति एवं क्रियाकलापले विकासशील राष्ट्रको मानव अधिकारको कार्यान्वयन र सुरक्षाका निम्ति उठाइने कदममा अवरोध सिर्जना गरेका छन् ।

    आज तेस्रो विश्वमा, अन्तर्राष्ट्रिय सङ्गठनहरू दायित्वविमुख हुँदैछन् । आइएमएफ, विश्वबैङ्क र डब्लूटीओले संसारभर उदारीकरणको असमान र असमतामूलक ढर्रालाई कायम राख्न खेलेको भूमिका गैरन्यायिक र सीमित वर्ग केन्द्रित नाफामुखी छ । यसो हुनुको कारक पक्ष हो, डब्लूटीओअन्तर्गत उदारीकरणको परिभाषा र यसको कार्यान्वयनले मानव अधिकारको स्थितिलाई गम्भीर मोडमा पु¥याउनु । त्यसैले वार्ताद्वारा मानव अधिकारलाई प्रभाव पार्ने विषयवस्तुको उचित जाँच गर्न आवश्यक छ । यस्तो जाँच र मूल्याङ्कनलाई पूर्ण गम्भीरताका साथ राष्ट्रिय सरकार, नागरिक समाज, विकास नियोग, कृषि सङ्गठन एवं राजनीतिक दल आदिले सुनिश्चित गर्नुपर्छ । यसका लागि बृहत् राष्ट्रिय बहसद्वारा आमसाझेदारहरूको राष्ट्रिय सहमति आवश्यक पर्छ । सहमति बनाउने र प्रवेश गर्न लागिएको सम्झौताका पक्षमा आमजनतालाई सुसूचित गर्ने दायित्व सरकारको हो । यद्यपि, विगतमा नेपाल सरकारले डब्लूटीओमा प्रवेश गर्दाको विषयमा नागरिकसँग परामर्श गरेको पाइएन ।

    यस सन्दर्भमा डब्लूटीओको कृषि सम्झौताले मानव अधिकारप्रति सम्मानको दृष्टिकोणमा आधारित पृष्ठभूमि प्रदान गर्न विफल भइसकेको छ । यसको सट्टा विश्वभर कृषि क्षेत्रको उदारीकरणमा जोड दिएको छ । डब्लूटीओले गरिब किसानको घाँटी समाउने सम्झौतालाई जन्म दिएको छ । सम्झौताका कारण नेपाललगायत तेस्रो विश्वका गरिब किसान व्यापारी र कृषि व्यावसायिक निकायका दयामा आश्रित हुनुपरेको छ । आमकिसानको मानवीय मर्यादा कुण्ठित हुनपुगेको छ । यसले संसारभर विद्रोह र क्रान्तिको बीजारोपण गरिसकेको छ । यस्तो जोखिमताबाट बचाउने हो भने विकसित मुलुकले डब्लूटीओलाई कृषि क्षेत्रबाट अलग राख्ने अभियानलाई तीव्र बनाउनु आवश्यक छ ।

    मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.