काठमाडौं । नेपालको प्रतिष्ठित व्यवसायिक घरना चौधरी ग्रुपले गत आर्थिक वर्ष ०७७/०७८ मा सरकारलाई १४ अर्ब २८ करोड रूपैयाँ राजश्व बुझाएको छ ।
नेपाली काँग्रेसका सांसद एवं देशका प्रख्यात उद्यमी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक वर्षमा सरकारी ढुकुटीमा उक्त रकम योगदान भएको हो ।
पछिल्ला वर्षहरुमा सरकारको कुल राजश्वमा चौधरी ग्रुपको योगदान बढेर १.७३ प्रतिशत पुगेको छ । एउटा व्यवसायिक समुहबाट सरकारको राजश्वमा भएको संभवतः यो सबैभन्दा ठूलो योगदान हो ।
कोभिड–१९ का कारण विश्वव्यापी अर्थतन्त्र ओरालो लागेको, नेपालको समग्र अर्थतन्त्र शिथिल बनेको, निजी क्षेत्रद्वारा सञ्चालित उद्यम व्यवसायमा प्रत्यक्ष नकारात्मक असर परेको र आपूर्ति श्रृखंला अवरुद्ध भई व्यापारिक कारोबारमा व्यापक गिरावट आएको समयमा ग्रुपले सरकारी ढुकुटीमा उक्त रकम योगदान गर्न सक्षम भएकोे छ ।
