कुमारी बैंक लिमिटेड (KBL) ले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ६% बोनस शेयर र २.६७% नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको मिति २०७७ असोज ११ गते सोमवार ३ : ३० बजे बसेको संचालक समितिको बैठकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.१३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार ८ सय ३६ रुपैंयाको ६% अर्थात रु.८३ करोड २७ लाख ८ हजार ४ सय ९०.१६ रुपैंया बराबरको बोनस शेयर तथा २.६७% अर्थात रु.३७ करोड ५ लाख ५५ हजार २ सय ७८.१२ रुपैंया बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने निर्णय गरेको हो।
बैंकको संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ भने प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।
