• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

कित्ता काट गर्न अनेकौं हथकण्डा, नक्कली अंशबन्डादेखि अदालतमा मुद्दा दर्तासम्म


  •   बिहिबार, असोज १४, २०७८ मा प्रकाशित
  • कृषि उत्पादन घट्न नदिन र जमिनकाे खण्डीकरण राेक्न सरकारले कृषियोग्य जमिनको कित्ता काटमा रोक लगाएको थियो । तर जग्गा दलालका अनेकौं हथकण्डाका कारण सरकारको यो नीति असफल हुने देखिएको छ । वडाध्यक्ष, मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारी तथा जग्गा दलालको सेटिङमा झनै बढी कित्ता काट हुन थालेको तथ्यांकले देखाएको छ ।

    Advertisement

    भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै ३ लाख १३ हजार ९७१ वटा कित्ता काट भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा ५ लाख ६५ हजार ६३२ वटा मूल कित्ताबाट कित्ता काट गरी १२ लाख ९६ हजार ७३४ वटा कित्ता काट कायम गरिएका थिए । यो संख्या अघिल्लो वर्षको भन्दा ५ प्रतिशतले बढी हो ।

    सरकारले तीन वर्षअघि देशभर तीन अर्ब कित्ता जग्गा रहेको र त्यसमध्ये अधिकांश कृषियोग्य जमिन रहेको अनुमान सार्वजनिक गरेको थियो । सरकारले २०७४ साउन २६ देखि कृषियोग्य जमिनमा वर्षमा एक पटकभन्दा बढी कित्ता काट गर्न रोक लगाएको छ । यो नीति लागू गर्दा काठमाडौं तथा देशका मुख्य सहर-बजार वरपर भइरहेको जथाभावी ’प्लटिङ्’ अर्थात जग्गा खण्डीकरण र अव्यवस्थित घर निर्माणको क्रम नियन्त्रण हुने अनुमान गरिएको थियो । तथ्यांकले भने सरकारको अनुमानलाई गलत साबित गरिदिएको छ ।

    सरकारी नीतिले आवासीय जमिन कित्ता काट गर्न भने रोकिएको छैन । अंशबण्डा गर्नुपरेमा एक वर्षमा एक पटकभन्दा बढी कित्ता काट गर्न सकिने व्यवस्था छ ।

    विशेषगरी सहरी क्षेत्रमा वडाध्यक्ष तथा नापी कार्यालयका कर्मचारीको मिलेमतोमा कित्ता काट भइरहेको स्रोतले बताएको छ । कृषियोग्य जमिन हो कि होइन भन्ने प्रमाणीकरण स्थानीय तहको प्रमुखको अध्यक्षतामा बन्ने समितिबाट हुनेपर्ने सरकारले बनाएको निर्देशिकामा उल्लेख छ । समितिमा मालपोत, नापी तथा प्रमुख जिल्ला अधिकारीका प्रतिनिधिसहित एकजना विज्ञलाई पनि राख्नुपर्ने व्यवस्था छ । समितिमा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सदस्यसचिव हुने व्यवस्था छ । त्यही समितिले गरेको सिफारिसका आधारमा मात्र जग्गा कित्ताकाट गर्न पाइन्छ ।

    तर वडाध्यक्षले आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी कृषियोग्य जमिन हो कि होइन भनी प्रमाणीकरण गर्दै आएका छन् । यही प्रमाणीकरणका आधारमा मालपोत कार्यालयले कित्ताकाट गरिदिने गरेको छ । कृषियोग्य जमिन भए-नभएको प्रमाणित गर्ने अधिकार वडाध्यक्षलाई हुँदैन ।

    निर्देशिकामा स्थानीय तहले कृषियोग्य जमिन नभएको सिफारिस गरे कित्ता काट गर्न सकिने व्यवस्था छ। यही बुँदालाई दुरुपयोग गरी वडाध्यक्षले मिलोमतोमा कृषियोग्य जमिनलाई पनि आवासीय भएको सिफारिस गरेका छन् । नियमविपरीत कित्ता काट हुनुमा नापी कार्यालयका कर्मचारीले मालपोत कार्यालय र मालपोतका कर्मचारीले नापी कार्यालयलाई दोष थोपर्ने गरेका छन् ।

    नियमविपरीत कित्ता काट भइरहेको गुनासो बढ्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भूमि व्यवस्थापन विभागले छानबिन थालेका छन् । विभागका महानिर्देशक शेषनारायण पौडेलले नियमविपरीत कित्ता काट भएको गुनासो आउन थालेपछि विभागले छानबिन सुरु गरेको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले पनि नियमविपरीत कित्ता काट भइरहेको उजुरी आएको जानकारी दिँदै त्यसमा छानबिन भइरहेको बताए ।

    जग्गा दलालले अंशबण्डाका नाममा पनि नियमविपरीत कित्ता काट गराउँदै आएको स्रोतले बतायो । ४/५ जना छोरा भएका आमाबाबुको नाममा जग्गा पास गर्ने, उक्त जग्गा अंशबण्डा गर्ने नाममा कित्ता काट गर्ने र त्यसपछि घडेरीका रुपमा बेच्ने काम भइरहेको छ । त्यस्तै दुईजनाको नाममा संयुक्त लालपुर्जा बनाउने, त्यसपछि एकजनाले आफ्नो स्वामित्वबराबर जग्गा छुट्ट्याउन माग गर्दै अदालतमा मुद्दा दायर गरेर पनि कित्ता काट गरेका पाइएको स्रोतले बतायो ।

    बिहिबार, असोज १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.