काठमाडौं :देशभरको मौसम आज (शनिबार) बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको छ।
अहिले बिहान देशभर आंशिक देखि सामान्य बदलीको रहेको छ। बागमती, गण्डकी, प्रदेश नं २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।
शनिबार दिउँसो देशभर आन्शिक देखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि संभावना छ।
