• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लसुनको सहि प्रयोग जाने यति धेरै रोगको जडी ओखती हुन्छ


  •   सोमबार, असोज १८, २०७८ मा प्रकाशित
  • प्राचिन समयमा धेरै संस्कृतिहरुले लसुनलाई औषधिको रुपमा प्रयोग गर्थे । भारत र चीनमा लसुनलाई खान पचाउनको निमित्त अन्य विभिन्न परिकारमा मिसाएर प्रयोग गर्ने गरिन्छ । यसका साथै स्वासप्रस्वास तथा अन्य परजीबी संक्रमणहरुसंग जुध्न पनि लसुन प्रयोग गरिन्थ्यो ।

    Advertisement

    सामान्यरुपमा हेर्ने हो भने लसुनले वात कफ नास गर्छ र दुखाई शान्त पार्छ । यसले पाचन शक्ति बढाउँछ, कृमि नाश गर्छ, हृदय कलेजोलाई उत्तेजक पार्छ । महिलाको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्छ । पिसाबको समस्या, रक्तदोष, सुन्निने समस्या आदिमा पनि लसुन लाभदायक हुन्छ । गर्भावस्थामा भने यसको प्रयोग अहितकर हुन्छ । लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ । लसुनका यी विविध भागलाई नियमित रुपले काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका बिभिन्न रोग लाग्ने संभावना न्यून हुन्छ । क्यान्सरको समस्यामा लसुन पनि लाभदायक देखिएको चिनियाँ चिकित्सकको अनुसन्धानले पुष्टि गरेको छ ।

    लसुन अत्यधिक औषधीय गुण भएको चिज हो । यो विभिन्न खाले रोगको रोकथाम तथा उपचारमा प्रभावकारी हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । तरकारी वा अन्य परिकारमा लसुन हालेर खाने त हामी सबैले गरेकै हुन्छौँ तर खाली पेटमा लसुन खाने बानी भने हुँदैन । तर बिहान खाली पेटमा लसुन खानु निकै फाइदाजनक हुन्छ । बिहान खाली पेटमा लसुन खानु किन बढि प्रभावकारी हुन्छ ? किनकी बिहानको समयमा ब्याक्टेरिया बढि मात्रामा बाहिर आएका हुन्छन्, जसलाई लसुनमा हुने तत्वले नष्ट गर्न सक्छ । खाली पेट लसुन खानुका फाइदा यस्ता छन्-

    * उच्च रक्तचाप नियन्त्रण- बिहान खाली पेटमा लसुनको केही केश्रा नियमित रुपमा खानाले रक्तप्रवाह सन्तुलित गराउने तथा मुटुसँग सम्बन्धित विभिन्न खाले समस्याका साथै कलेजो तथा मुत्रथैलीको संक्रमणको जोखिम समेत कम गर्छ । * झाडापखाला नियन्त्रण- सामान्य खाले झाडापखालको उपचारका लागि लसुनको सेवन हितकर हुन्छ । बिहान खाली पेटमा लसुन चपाउनुहोस्, त्यसले झाडाबान्तामा फाइदा पुग्छ ।

    * भोक लाग्दैन ? लसुन खानुस्- लसुनले पाचन क्रियालाई नियमित गर्दछ र भोक बढाउन मद्दत गर्दछ । यसले तनाव कम गर्नुका साथै पेटमा हुने अम्लपना समेत नियन्त्रण गर्न सहयोग पूराउँछ । * दम, निमोनिया, ब्रोंकाइटिस, चिसो लाग्ने समस्या तथा खोकी लगायतका स्वासप्रस्वास जन्य समस्याको घरेलु उपचारमा लसुन निकै उपयोगी सिद्ध हुन्छ । * लसुनको नियमित सेवनले कब्जियतको समस्या समेत कम गर्दछ ।

    भुटेको लसुनको फाइदा: लसुनलाई भुटेर सेवन गरेमा विशेषगरी पुरुषका लागि निकै फलदायी साबित हुन्छ । लसुनलाई काँचै वा तरकारी र अचारको रुपमा प्रयोग गरिन्छ । लसुनमा सल्फरको मात्रा केही बढी हुन्छ भने ‘ऐलिसिन’ नामक तत्व पनि हुन्छ, जसले एन्टी–ब्याक्टेरियल, एन्टी–फंगल र एन्टी ओक्सिडेन्टजस्ता गुण उत्पादन गर्छ । एक अध्ययनले लसुनमा पाइने ‘फाइटोकेमिकल्स’ तत्वले पुरुषको स्वास्थ्यलाई विशेष फाइदा गर्ने पत्ता लागेको छ । यस्तै, आयुर्वेदका चिकित्सकले पुरुषलाई रातिमा भुटेको लसुनको एक पोटी खाने सल्लाह दिन्छन्, जान्नुहोस् यसले के–कस्ता फाइदा गर्छ ।

    १) पेटको समस्या कम: हरेक दिन भुटेको लसुन खानाले हाम्रो पेटमा ग्यास भरिदैन । यसले गर्दा हामीलाई ग्यास्ट्रिक जस्तो समस्याले सताउदैन । यसले खाना पचाउन मद्धत गर्ने भएकाले कब्जियतको समस्या देखी मुक्त हुन सकिन्छ । २) रोग प्रतिरोधात्मक क्षमता बढ्छ: हरेक दिन भुटेको लसुन खानाले हाम्रो शरीरको रोगसँग लड्ने क्षमता बढ्छ । यसमा पाइने एन्टी ब्याक्टेरियल तत्वले विभिन्न प्रकारका ब्याक्टेरियासँग लड्न मद्धत पुर्याउँछ ।

    ३) चिसोबाट बचाउँछ: तातो तेलमा लसुन पड्काएर शरीरमा लगाउनाले शरीरमा चिसो छिर्न पाउदैन । यसले गर्दा हामीलाई रुघाखोकी जस्तो समस्याले सताउदैन । ४) दाँतको दुखाइ कम: यदी तपाई दाँत दुखेर हैरान हुनुहुन्छ भने दाँत दुखेको ठाउँमा भुटेको लसुन पिसेर लगाउनुहोस् । तपाईलाई यसले निकै आराम दिन्छ । ५) रक्त चाँप नियन्त्रण: विभिन्न अध्ययनले दैनिक भुटेको लसुन खाने व्यक्तिमा रक्तचाँप सन्तुलित रुपमा रहने देखाएको छ । त्यसका साथै यसले रगतलाई सफा राख्ने काम पनि गर्छ ।

    सोमबार, असोज १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवन उद्योग वाणिज्य संघमा दुइ दिने कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी तालिम सम्पन्न
    थाइल्याण्डमा पछिल्लो ३०० सय बर्षकै ठुलो बर्षा, १८ जनाको मृत्यु
    दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
    निर्वाचन गरेर संवैधानिक रिक्तता टार्न प्रधानमन्त्री कार्कीले खोजिन नागरिक अगुवाहरुको साथ
    हसिनासँगै पुर्वगृहमन्त्रीलाई पनि मृत्युदण्ड, पुर्व महानिरीक्षकलाई पाँच वर्षको जेल सजाय
    शेख हसिनालाई मृत्युदण्डको सजाय

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.