असोज २० एजेन्सी। दूरदर्शनबाट प्रसारण हुने पौराणिक कार्यक्रम रामायणु मा रावणको भूमिका निभाएका अरविन्द त्रिवेदीको मंगलबार राती निधन भएको हो।
८० को दशकमा दूरदर्शनबाट प्रसारित रामानन्द सागरको अत्यधिक लोकप्रिय सिरियल रामायण मा रावणको भूमिका निभाएका अभिनेता अरविन्द त्रिवेदीको निधन भएको छ। उनी८३वर्षका थिए।उनले मंगलबार राती ११ बजे आफ्नो घरमा अन्तिम सास लिए। उनी लामो समयदेखि स्वास्थ्य सम्बन्धी समस्याहरु संग लडिरहेका थिए।रामायणमा रावणको भूमिका निभाउनु बाहेक त्रिवेदीले सिरियल विक्रम और बेतालमा पनि महत्वपूर्ण भूमिका निभाए। यस बाहेक, उनी गुजराती सिनेमा जगतमा पनि एक प्रसिद्ध नाम थिए।
यिनै बर्षहरुमा उनको सामाजिक सञ्जालमा मृत्यु भएको हल्ला चलेको थियो र त्यस समय ुरामायणु मा लक्ष्मणको भूमिका निभाएका सुनिल लाहिरीले यो हल्लाको खण्डन गरी अरविन्द त्रिवेदीलाई जीवित रहने बताएका थिए।
