काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनमा आफु सभापतिको उम्मेदवारमा प्रतिस्पर्धा गर्ने बताएका छन् । बुधबार नागार्जुन नगरपालिकामा नवनिर्वाचित नगर समितिलाई बधाई तथा शुभकामना दिँदै सो कुरा बताएका हुन् ।
उनले आफु पहिलो निर्वाचित महामन्त्री भएको र यसपटक सभापतिमा उठ्ने बताए । उनले भने – ‘म पहिलो निर्वाचित महामन्त्री हुँ , यसपटक सभापतिमा म उठ्ने हो ।’
उनले अब पार्टी सभापतिको नेतृत्व काठमाडौंका नेताहरुले गर्नुपर्ने पनि बताए । यति लामो समय सम्म काठमाडौं बाहिरका नेताहरु सभापति बनेको भन्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने – ‘यतिका वर्ष काठमाडौं बाहिरले नेतृत्व गरेको हो । अब पालो काठमाडौंको हो । कि हामी सधैँ अरूको झोलामात्रै बोकेर हिँड्नुपर्ने हो ?’
