पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा आज बिहान सबेरै भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ३१ जनाको ज्यान गएको जनाइएको छ । मृतककाे संख्या बढ्न सक्ने समाचार एजेन्सीहरूले जनाएका छन् ।
विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको संख्या अझै बढ्न सक्छ । भूकम्पपछि क्वेटा सहरका मानिस सडकमा निस्केको सामाजिक सञ्जालमा राखिएका तस्बिरले देखाएका छन् ।
प्रारम्भिक रिपोर्टहरूका अनुसार ५.७ म्याग्नेच्युडको भूकम्प गएको अनुमान छ । भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको ज्यान गएको बताइएको छ ।
बिबिसीले जनाएअनुसार करिब १५० जना घाइते भएका छन् । तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।
