• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

दसैं : ओली, पौडेल र गौतमको टीका छैन, देउवा, प्रचण्ड, खनालले अरुलाई टीका नलगाइदिने


  •   बिहिबार, असोज २८, २०७८ मा प्रकाशित
  • काठमाडौं – आफ्नो मान्जयनसँगै भोलि शुक्रबार बडादसैँको टीका लगाइँदै छ ।  बडादसैँ नवदुर्गा भवानीको पूजाआराधना र मान्यजनको हातबाट  टीका ग्रहण गरेर मनाइने गरिन्छ । यसर्थ यसवर्ष राजनीतिक दलका शीर्ष नेताहरूहरूको दसैं कस्तो हुनेछ भनेर न्युज कारखानाले यहाँ यसबारे जानकारी दिन खोजेको छ ।

    Advertisement

    गतवर्ष कोरोना भाइरसका कारणले सबै नेपालीले दसैं, तिहारजस्ता चाडपर्व राम्रोसँग मनाउने पाएका थिएनन् । यस पटक संक्रमण पनि घटेको र प्रायजसोले कोरोनाविरुद्धको खोप लगाएको हुनाले सबै नेपालीले दसैं मनाउने छन् ।

    गतवर्ष संक्रमणका कारणले दसैं मनाउन नपाएका शीर्ष नेता यस पटक भने दसैं मनाउने तयारीमा छन् । शीर्ष नेतामध्ये नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल दुवै जनाका भाइको निधन भएकाले उनीहरूले  दसैँको टीका लगाउने छैनन् । हालै मिर्गौला प्रत्यारोपण गराए आएका पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि यस पटक दसैंमा आराम गरिरहेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले दसैं काठमाडौंमा नै मनाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले दसैं मनाउने भएका छन् । उनले दसैंमा सबै सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसवर्षको दसैं परिवारभित्र नै मनाउने भएका छन् ।  परिवारमा उनले छोरीहरू, ज्वाइँ नातिनातिनीसँगै नै उनले दसैं मनाउने तयारी गरेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । नेता प्रचण्ड यसपटक चितवन जाने नजाने अझै टुंगो भइसकेको छैन ।

    ‘उहाँले दसैंमा घरपरिवारमा नै मनाउने गर्नुहुन्छ’ उनले भने, ‘तर, यसपटकको ठ्याक्कै कार्यक्रम तय भएको छैन । अब चाँडै नै  तय हुन्छ ।’ उनका अनुसार प्रचण्डले नेता तथा कार्यकर्तालाई भने टीका लगाउने छैनन् ।

    यस्तै एमालेका पूर्व नेता वामदेव गौतमले यसपटक कोही सँगै पनि टीका लगाउने छैनन् । माइजुबाट टीका लगाउँदै आएका उनी यसपट माइजुको जुठो परेकोले टीका नलगाउने भएका हुन् । उनी माइजुभन्दा पहिले एमाले नेतृ साहना प्रधानसँग टीका लगाउँदै आएका थिए । उनका स्वकीय सचिव दीपक टमट्टाका अनुसार नेता गौतमले यसपटक परिवारमा नै दसैं मनाउने भएका छन् । परिवारका सदस्यभन्दा बाहिर कसैलाई पनि उनले टीका लगाउने छैनन् ।

    नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले यसपटक दसैं घरमै परिवारसँगै नै मनाउने भएका छन् । उनले यसपटक आफू र अन्य नेता तथा कार्यकर्ता कसैलाई पनि टीका लगाउने छैनन् ।

    भारतको नयाँ दिल्लीबाट भर्खरै मिर्गौला गराएका आएका कारण उनी चिकित्सकले अझै तीन चार महिनासम्म कसैको  सम्र्पकमा नजाने भनेकाले दसंैमा कसैलाई पनि टीका नलगाउने उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

    ‘उपचार गराएर आएपछि उहाँ अहिले पनि आराम गरिरहनु भएको छ,’ उनले भने, ‘त्यसैले यस पटकको दसैंमा उहाँ घरमै बस्नुहुन्छ । चिकित्सकको सल्लाहअनुसार संक्रमण फैलिने डरले उहाँ कसैको सम्र्पकमा जानुहुन्न । त्यसैले टीका कसैसँग पनि लगाउनुहुन्न र अरुलाई पनि लगाइदिनुहुन्न ।’ पहिले नेता खनाल दसैंमा गृहजिल्ला इलाम जाने गरेका थिए ।

    यस्तै जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको दसैं काठमाडौंमा नै हुने भएको छ । उनी परिवारसँगै नै दसैं मनाउने तयारी गरेका छन् । उनले आफ्नो बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गर्ने उनको स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।

    यस्तै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यसपटक दसैं नमनाउने भएका छन् । उनका भाइको निधनको कारणले उनले दसैं नमनाउने भएका उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । अध्यक्ष ओली दसैं नमनाए पनि नवमीको दिन भने आफ्नो गृहजिल्ला झापा जाने भएका उनले जानकारी दिए ।

    यस्तै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दसैंमा काठमाडौंमा नै मनाउने भएका छन् । उनका स्वकीय सचिव मोहन गौतमका अनुसार नेता नेपालले आफ्ना दाइ कृष्णकुमार पौडेलसँग टीका ग्रहण गर्नेछन् । उनले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई पनि टीका लगाइदिने बताए ।

    यस्तै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले यसपटक दसैं नमनाउने भएका छन् । उनका स्वकीय सचिव चिरिञ्जीवि अधिकारीका अनुसार पौडेलका भाइ गोविन्द पौडेलको निधन भएकाले उनले यसपटक दसैं नमाउने भएका छन् ।

    बिहिबार, असोज २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.