मोहन वैद्य भेट्न अस्पताल पुगे प्रचण्ड
मोहन वैद्य भेट्न अस्पताल पुगे प्रचण्ड
तपाईको प्रतिक्रिया
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)लाई भेट गरेका छन् ।
सोमबार प्रचण्ड वैद्यको स्वास्थ्य अवस्था बुझ्न थापाथलीस्थित नर्भिक अस्पताल भर्ना पुगेका हुन् ।
दम रोग पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि आइतबार अस्पताल भर्ना गरिएको थियो । उनका आफन्तले केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने बताएका छन् ।