• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

लाभांश अपेक्षा र ब्याजदर वृद्धिको चपेटामा सेयर बजार, नाफा ‘बुक’को होड तिब्र


  •   मङ्गलबार, कार्तिक ०२, २०७८ मा प्रकाशित
  • काठमाडौं । दसैंपछिको दोस्रो दिन (सोमबार)को सेयर कारोबार सूचक नेपाल स्टक एक्सचेन्ज –नेप्से)मा ठूलो गिरावट आएको छ । आइतबार १८ अंकले बढेको बजार सोमबार ७० अंकले घट्न पुगेको हो । आइतबार २६५६.९७ अंकमा रोकिएको सूचक सोमबार सुरुवातदेखी नै ओरालो यात्रा तय गरेको हो ।

    Advertisement

    सुरुवाती कारोबारको १५ मिनेटपछि बजार उकालो लाग्ने कोशिस गरे पनि व्यर्थ भयो र सवा २ घण्टासम्म निरन्तर घटेर २५८५ विन्दुमा पुग्यो । त्यसपछि फेरी केही उक्लने कोशिस गर्दै २६०० सम्म चढेको सूचक त्यसपछि भने निरन्तर घट्दै गएर कारोबार बन्द हुनु ८ मिनेट अघि २५८३ सम्म झर्यो । अन्तिम समयमा भने केही बढेको छनक दिँदै आइतबारको तुलनामा ६८.९ अंकले घटेर २५८८.०७ अंकमा रोकिएको छ ।

    दसैंअघिको साता पनि सेयर बजार सूचक घटेर साढे २५ अंकभन्दा तल झरेको थियो । असोज १८ गते सोमबार नेप्से २५४२ विन्दुसम्म झरेकोमा कारोबार रोकिँदा २५७०.८१ विन्दुमा रोकिएको थियो । त्यसपछि सुधारको संकेत देखाएको सूचक दुई दिनमै करिव ११० अंकले बढेर २६८१.११ अंकमा चढेको थियो । त्यसपछिका ४ कारोबार दिनमा एक दिन आइतबार बढेको सूचक ३ दिन फेरी घट्दा ४ दिनमा ९३ अंकले झरेको छ ।

    सेयर मूल्य उच्च घट्ने सूचीमा जलविद्युत कम्पनीहरु रहेका छन् । मूल्य घट्ने उच्च १० कम्पनीमध्ये ८ कम्पनी जलविद्युत समूहका छन् । सबैभन्दा बढी मूल्य घट्ने कम्पनीमा दरिएको घलेम्दी हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले सर्किट लागेको छ ।

    यसदिन १८२ कम्पनी सेयर मूल्य घट्दा ४ कम्पनीको भने बढेको छ । सबैभन्दा बढी मूल्य बढ्ने कम्पनीकोे सूचीमा रहेको महालक्ष्मी विकास बैंकको करीव २ प्रतिशत छ । यसदिन व्यापार समूह सूचकबाहेक अन्य सबै समूह सूचक रातै भएका छन् ।

    दसैंको माहौल नसकिएकै स्थितिमा सेयर बजार थप दबाबमा देखिएको छ । खासगरि दसैंअघि न्यून मूल्यमा सेयर किनेका लगानीकर्ताहरुले नाफा बुक गरि बेच्न दबाब दिँदा बजार ओरालो लागेको हो । बजारले फेरी एकपटक दोहोर्याएर २५५० को लाइनलाई छुन खोजिरहेको छ ।

    लगानीकर्ताहरु चाडपर्वको माहोलमा रहेकाले खासै उत्साह देखिएको भने छैन । त्यसै पनि दसैंअघि कारोबार रकम घटेर ४ अर्ब रुपैयाँभन्दा कम भईसकेको थियो । तर, दसैंपछिका दुई दिनको कारोबार रकम झनै कम देखिएको छ । सोमबार २ अर्ब ९६ करोड रुपैयाँबराबरको सेयर किनबेच भएकोमा आइतबार १ अर्ब ४९ करोड रुपैयाँमा सीमित भएको थियो । यो साता दसैंकै माहोलमा बित्ने भएकाले कारोबार रकम खासै वृद्धि हुने सम्भावना कम भने सूचक फेरी एक पटक केही उकालो चढ्न सक्छ ।

    केही बैंकसहित विकास बैंक र वित्त कम्पनीहरुले कात्तिक १ गतेदेखि लागू हुने गरि निक्षेपमा ब्याज बढाएका छन् । यसअघि ब्याज बढाएका संस्थाहरुलाई केन्द्रीय बैंकले कुनै कारवाही नगरेपछि ब्याज बढाउन बैंकहरु आक्रामक भएका हुन् । यद्यपी कतिपय बैंकको ब्याजदर भने घटेको छ । नेपाल बैंकर्स संघले ब्याजदर दोहोरो अंकमा नपुर्याउने भद्र सहमति भएको बताईरहेका बेला कतिपय बैंकले ११ प्रतिशत माथि कायम गरेपछि बजार प्रभावित भएको हो ।

    अर्कोतिर सूचीकृत कम्पनीहरुले लाभांश घोषणामा लगानीकर्ता उच्च मनोकांक्षालाई सम्बोधन गर्न नसकेको असर पनि सेयर बजारमा परेका छ । कतिपय कम्पनीले लगानीकर्ताको मनोभाव र कम्पनीको अवस्थाभन्दा फरक ढंगले लाभांश घोषणा गरेपछि लगानीकर्ता थप दबाबमा परेका हुन् । त्यस्तै कम्पनीहरुले धमाधम साधारणसभा आयोजना गर्दैछन् ।

    साधारणसभा अघि लाभांश वितरणका लागि बुक क्लोज हुने र त्यसले मूल्य समायोजन गर्दा कम्पनीहरुको सेयर मूल्य थप गिरावट आउँछ । जसरको प्रत्यक्ष असर नेप्से सूचकमा पनि देखिन्छ । खासगरि भदौ २ गते ३१९८.६ अंकबाट तल झरेको बजारमा सामान्य सुधार आउने र धेरै गिरावट आउने क्रम भईरहेको छ ।

    खासगरि ब्याजदर वृद्धिको चाप, ऋण लिएर कारोबार गर्ने लगानीकर्ता लक्षित प्रतिवित्तीय संस्था ४ करोड र समग्र प्रणलीबाट १२ करोड रुपैयाँभन्दा बढी ऋण लिन नपाउने प्रावधान, केन्द्रीय बैंकद्धारा वित्तीय संस्थाको लाभांश घोषणामा भएको कडाई, जलविद्युतसहित छुट्टै नियामक भएका कम्पनीलाई हकप्रद सेयर घोषणामा कडाईलगायतका कारणले बजार ओरालो लागिरहेको छ । दसैं र तिहारको बीचमा केही समय बजार चलायमान हुने भएपछि त्यसपछिको केही समय भने सेयर बजार सुस्त रहन्छ ।

    मङ्गलबार, कार्तिक ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.