• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

निक्षेपको ब्याज बढेर ११ प्रतिशत नाघ्यो, घरजग्गा कारोबारमा कस्तो पर्ला असर


  •   बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
  • प्रणालीमा तरलता अभाव बढेपछि बैंकहरुले निक्षेपको ब्याजदर बढाएर ११ प्रतिशतसम्म पुर्‍याएका छन् । बैंकसँग कर्जा लगानी योग्य रकमको चरम अभाव भएपछि निक्षेप आकर्षित गर्न उनीहरुले ब्याजदर बढाउने नीति लिएका हुन् । तरलता संकट टार्न र ब्याजदर नियन्त्रण गर्न नेपाल राष्ट्रबैंकले पटकपटक रिपो जारी गरे पनि त्यो पर्याप्त देखिएको छैन । यो अवस्था लामो समयसम्म कायम रहे घरजग्गा कारोबारमा समेत प्रभाव पर्ने देखिएको छ ।

    Advertisement

    बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक १ गतेदेखि लागू हुनेगरी मुद्दति तथा बचत निक्षेपको ब्याजदर बढाएका हुन् । कर्जा प्रवाह गर्न रकम अभाव भएपछि निक्षेप संकलन गर्न बैंकहरु ब्याजदर बढाउने प्रतिस्पर्धामा छन् । ६ प्रतिशत हाराहारी झरेको मुद्दति निक्षेपको ब्याजदर दुई महिनामै झन्डै दोब्बरले बढेको छ । यस्तै बचततर्फ पनि २ प्रतिशत हाराहारी झरेको ब्याजदर यति बेला तीन गुणाभन्दा बढीले वृद्धि भएको छ । एनआइसी एसिया बैंकले त बचत खातामै आठ प्रतिशतभन्दा बढी ब्याज दिने भएको छ ।

    बैंकहरुले निक्षेपको ब्याज बढाउँदा उनीहरुको लागतसमेत बढ्न पुगी कर्जाको ब्याजदर सोही अनुपातमा वृद्धि हुन्छ । यसले घरजग्गा कारोबारमा प्रवाह हुने कर्जाको ब्याज पनि बढाउँछ । जसका कारण सिंगै घरजग्गा कारोबार व्यवसाय प्रभावित हुने देखिएको छ । यसअघि तरलता बढी हुँदा घरजग्गा कारोबारका लागि आठ प्रतिशत हाराहारीमा व्यवसायीले कर्जा पाउँदै आएका थिए । व्यक्तिगत घर कर्जाको ब्याजदर पनि त्यसकै हाराहारी थियो । अब भने कर्जाको ब्याजदर निक्षेपको ब्याजदरकै अनुपातमा बढ्ने सम्भावना छ ।

    बैंक तथा वित्तीय संस्थाले आधार दरमा २ देखि ६ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्दै आएका छन् । निक्षेपको ब्याजदर बढ्दा आधार दरसमेत बढ्छ । यसले कर्जाको लागतसमेत बढाउँछ । यसबाट यसअघि नै घरजग्गामा लगानीका लागि कर्जा लिएका ग्राहकको ब्याजदर बढ्नेछ । जसले घरजग्गाको लागत पनि बढाउनेछ । तपाईंले निश्चित अवधिका लागि फिक्स ब्याजदरमा कर्जा लिनुभएको छ भने ब्याजदर वृद्धिको प्रभाव पर्नेछैन । तर बैंकको आधार दरमा केही प्रतिशत जोडेर ब्याज तिर्ने सम्झौता गर्नुभएको छ भने बैंकहरुले ब्याज बढाएर असुल गर्नेछन् । त्यस्तै घरजग्गा खरिद गर्न ऋण लिने सोचमा हुनुहुन्छ भने पनि थपिएको नयाँ ब्याजदर तिर्नुपर्नेछ ।

    घरजग्गा व्यवसायीले बैंकबाट कर्जा लिएर सञ्चालन गरेका प्लटिङ, हाउजिङलगायतका परियोजनाको समेत लागत बढ्न पुगी भाउसमेत बढ्नेछ । यसले खरिदबिक्रीमा समेत असर पार्छ । बैंकरहरुका अनुसार बैंकमा तरलता अभाव कम्तीमा चारपाँच महिना रहन सक्छ । त्यसपछि सरकारी खर्च बढेको अवस्थामा बिस्तारै ब्याजदर कम हुन सक्छ । त्यसैले तरलता अभाव भएको अवधिमा ऋणको ब्याजदर बढ्दा घरजग्गा कारोबारमा पनि केही न केही असर पर्ने निश्चित जस्तै छ ।

    बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.