• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

सरकारका सय दिन : खोपको उपलब्धता र स्वास्थ्य व्यवस्थापन


  •   बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
  • सरकार गठन भएलगत्तै संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता कोभिड–१९ को महामारीबाट जनतालाई बचाउने र यसका लागि खोपको उचित व्यवस्था गर्ने रहेको बताउनुभएको थियो । सोही प्रतिबद्धताअनुसार सरकार कोरोना महामारी नियन्त्रण गर्न र खोप अभियान प्रभावकारी ढङ्गले अघि बढाउन सफल भएको छ ।

    Advertisement

    कोरोना भाइरसविरुद्धको खोप यही असोज मसान्तसम्म सरकारले अघि सारेको लक्षित जनसङ्ख्याभन्दा केही बढीलाई लगाइएको छ । त्यसैले यो परिणामलाई पनि उपलब्धिका रुपमा लिन सकिन्छ । सरकारले असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई खोप लगाउने लक्ष्य लिएको थियो तर उक्त लक्ष्यभन्दा बढीले खोप प्राप्त गरिसकेका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले लक्ष्य गरेअनुसार सरकारले खोप लगाएको जानकारी दिनुभयो । उहाँले कोभिड–१९ को चुनौतीका बाबजुत नेपालले रोकथाम र नियन्त्रणलाई प्रभावकारी कार्यान्वयन गर्दै स्वास्थ्य व्यवस्थापनमा ठूलो फड्को मारिसकेको बताउनुभयो ।

    उहाँका अनुसार १८ वर्षभन्दा माथि लक्षित जनसङ्ख्यामध्ये ४३ प्रतिशतले पहिलो मात्रा र ३२.६ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । १८ वर्षभन्दा माथिका एक करोड ९९ लाख ३३ हजार १६४ जनालाई खोप लगाउने मन्त्रालयको लक्ष्य रहेको छ ।

    असार मसान्तको तथ्याङ्क हेर्दा ५.१ प्रतिशत लक्षित समूहले पूर्ण मात्रा खोप पाएका थिए । यस्तै कूल जनसङ्ख्यामध्ये २८.३ प्रतिशतले पहिलो मात्रा र २१.४ प्रतिशत पूर्ण मात्राको खोप लगाएका छन् । यस्तै १५ वर्षभन्दा माथिका ३९.४ प्रतिशतले पहिलो मात्रा र २९.८ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । १५ वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जना रहेका छन् ।

    मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीन जिल्ला मनाङ, मुस्ताङ र पूर्व रुकुममा १८ वर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइएको र थप १० जिल्लामा पनि पूर्ण खोप प्रदान गर्ने गरी खोप प्रदान गर्ने कार्य जारी रहेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार पछिल्लो सय दिनमा ५८ लाख तीन हजार २६० लाई कम्तीमा पहिलो मात्रा र ५३ लाख ६७ हजार ६५ जनालाई पूर्ण मात्राको खोप प्रदान गरिएको छ ।

    नेपालमा पहिलो पटक २०७६ माघ ९ गते सङ्क्रमण देखिएको थियो । सरकारले गत माघ १४ गतेबाट खोप लगाउन सुरु गरेयता अहिलेसम्म एक करोड ५० लाख ४८ हजार २८८ जना सर्वसाधारणले खोप लगाइसकेका छन् ।

    नेपालमा पहिलो पटक सङ्क्रमण देखिएको एक वर्षपछि खोप लगाइएको थियो । सुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपङ्क्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप अहिले ४० वर्षमाथिका प्रायः सबैलाई खोप दिइन थालिएको छ ।

    सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत, पुस मसान्तभित्रमा दुई तिहाइ र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउनसक्ने जनाएको छ ।

    महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार अहिलेसम्म नेपालमा एक करोड ८८ लाख ५८ हजार ७१० मात्रा खोप नेपाल आइसकेको छ । उहाँले अब दुई करोड ४१ लाख ५८ हजार ७८० मात्रा खोप खरिद, कोभ्याक्स सुविधामार्फत ल्याइने जानकारी दिनुभयो ।

    थप एक करोड २९ लाख मात्रा खोप प्राप्तिको प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाइनेछ । मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याउने तयारी गरेको छ । उहाँका अनुसार बालबालिकालाई लगाउने फाइजर एक लाख ६२० मात्रा खोप यही अक्टोबरको अन्तिममा ल्याउने तयारी गरिएको छ ।

    नेपालमा अहिले कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनिका खोप लगाइएको छ ।

    सरकारले सर्वसाधारणलाई खोप लगाउनका लागि खरिद, अनुदान र कोभ्याक्स सुविधामार्फत ल्याइरहेको छ । कूल खोप लगाउने लक्षितमध्ये २० प्रतिशत कोभ्याक्स सुविधामार्फत ल्याउने सरकारले तयारी रहेको छ ।

    सङ्क्रमण दर घट्यो

    सहप्रवक्ता डा अधिकारीका अनुसार पछिल्लो सय दिनमा कोभिड–१९ सङ्क्रमण पुष्टि दर १६.२ प्रतिशत रहेको छ । असार मसान्तसम्म नेपालमा सङ्क्रमण दर २१.६ प्रतिशत रहेकामा हाल ५.५ प्रतिशतमा झरेको छ भने एन्टीजेन परीक्षणमा १९.८ प्रतिशतबाट ०.५ झरेको मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी ६०० सघन उपचार कक्ष (आइसियु), ३०० भेन्टिलेटर र एक हजार ४०० हाई डिपेन्डेन्सी युनिट (एचडियु) थप गर्ने लक्ष्य रहेकामा सरकारको १०० दिनमा ३११ आइसियु, १२२ भेन्टिलेटर र ७५२ एचडियु थप गरिएको सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।

    यस्तै सरकारको १०० दिनको अवधिमा २० अस्पतालमा अक्सिजन प्लान्ट र आठ अस्पतालमा तरल (लिक्विड) अक्सिजन प्लान्ट जडान भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ्) को परीक्षण सुरुआत गरिएको उहाँले बताउनुभयो ।

    भण्डारण क्षमता बढाइँदै

    असार मसान्तसम्ममा अल्ट्रा कोल्ड चेन (अत्यन्त चिसो तापक्रम) चाहिने खोपहरूको भण्डारण तथा उचित व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्रीहरूको कुनै पनि व्यवस्था नभएकामा हाल दुईवटा अल्ट्रा कोल्ड चेनको व्यवस्था भइसकेको मन्त्रालयका प्रवक्ता डा. पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्सिर महिनासम्ममा थप छवटा गरी आठवटा अल्ट्रा कोल्ड चेन बनाइनेछ ।

    क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर बिरामीलाई उपचार खर्चका लागि मासिक रु पाँच हजार प्रदान गर्ने सरकारको निर्णयले गरिब असहायको घाउमा मलहम लगाएको छ ।

    यस्तै विभिन्न सहयोगी संस्थाको सहयोगमा सरकारले वीर अस्पताल त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट एचआइभी हेपाटाइटिस सी उपचार सेवाको सुरुआत गरेको छ ।

    बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.