• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

१९ करोड बजेटमा बन्दिपुरमा यस्तो बन्दैछ मिनी ग्रेटवालसँगै पदमार्ग


  •   बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित
  • तनहुँको बन्दिपुर ऐतिहासिकता, संस्कृति र प्राकृतिक सौन्दर्यका लागि परिचित छ। यो पहिचानलाई पर्यटनसँग जोड्न हाल यहाँ केबुल कार, भ्यु टावर, साइकल लेन र पदमार्ग बन्ने क्रममा छन्।

    Advertisement

    यहाँ हामी निर्माणाधीन मणि मुकुन्देश्वरी पदमार्गबारे चर्चा गर्दैछौं।

    थानीमाईबाट पश्चिमतिरको अग्लो डाँडा मुकुन्देश्वरीसम्म बन्ने पदमार्गलाई मणि मुकुन्देश्वरी पदमार्ग नाम दिइएको छ। यो पदमार्ग १९ करोड १६ लाख रूपैयाँ बजेटमा बन्न लागेको हो।

    बन्दिपुर गाउँपालिकाको पहलमा तीन वर्षअघि यो पदमार्गको अवधारणा बनेको हो।

    बन्दिपुर बसपार्कको माथि पर्ने थानीमाई मन्दिर हुँदै मुकुन्देश्वरी डाँडा पुग्ने यो पदमार्ग करिब चार किलोमिटरको हुनेछ। यहीभित्र करिब अढाइ किलोमिटर लामो पर्खाल पनि हालिसकिएको छ।

    बन्दिपुर बजार र वारिपारिका गाउँठाउँ, डाँडाकाँडा र हिमालसमेत देखिने यो पदमार्गमा हालिएको पर्खाल मिनी ग्रेटवालका नामले चर्चित छ। चीनको ग्रेटवालबाट प्रभावित भएर निर्माण गरिएको हुनाले यसलाई मिनी ग्रेटवाल भनिएको हो।

    भिडिओ स्रोतः बन्दिपुर गाउँपालिका

    बन्दिपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाका अनुसार मिनी ग्रेटवाल बनाउन एक करोड रकम खर्चेर पर्खाल लगाइसकिएको छ।

    यो मिनी ग्रेटवाल पदमार्गको मुख्य आकर्षण हुने उनी बताउँछन्। थापाले भने, ‘मिनी ग्रेटवालबाहेक बीचबीचमा पार्क, मूर्तिहरू, पिङलगायत धेरै कुरा बनाउने योजना छ।’

    बहुवर्षीय योजना अन्तर्गतको यो पदमार्गको काम महामारीले केही ढिलाइ भए पनि अब चाँडै पाँच करोडको टेन्डर प्रक्रिया सुरू हुने उनले बताए।

    अध्यक्ष थापाका अनुसार थानीमाई मन्दिरको आडमा पचास मिटर लामो र नौ मिटर अग्लो बन्दिपुर लेखेको गेटजस्तो बनाइने छ। त्यहाँबाट थोरै तल पर्ने गुरुन्चे डाँडामा २५ फिट अग्लो बुद्धको मूर्तिसमेत बन्ने छ।

    हाल प्याराग्लाइडिङ गराइने भञ्ज्याङमा ठूलो पार्क बनाउने र बागथलामा पुष्पलाल स्मृति पार्क बनाउने गाउँपालिकाको योजना छ। पिङचाहिँ उत्तर र दक्षिण दुवैतिर भीर पर्ने चुली डाँडामा बनाइने छ।

    पाँच वर्षभित्र सम्पन्न गर्ने योजना बनाइएको यो पदमार्ग आगामी दुई वर्षमा आधाभन्दा बढी काम गर्ने दाबी उनले गरे।

    बन्दीपुरको मिनी ग्रेटवाल र मणि मुकुन्देश्वरी पदमार्गबाट मौसम धुम्मिएको बेला हुस्सु र कुहिरोको लुकामारी हेर्न पाइनेछ भने मौसम सफा भएको दिन छ्यांगै खुलेका हिमशृंखलाहरू हेरेर रमाउन सकिने छ। यहाँबाट बन्दीपुर बजारसमेत मज्जाको देखिन्छ।

    मनोरम हिमाली दृश्यपान र परम्परागत जात्रापर्वले बन्दिपुर आउने स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ।

    केन्द्रीय राजधानीको भक्तपुर र कीर्तिपुरमा जस्तै परम्परागत शैलीमा बनेका घर, टुँडिखेल, खड्गदेवी मन्दिर, थानीमाइ, तीनधाराजस्ता ठाउँ पनि यहाँका आकर्षण हुन्।

    मिनी ग्रेटवाल र पदमार्ग सम्पन्न भएपछि यसले थप पर्यटकलाई आकर्षित गर्ने अपेक्षा राखिएको छ।

    बन्दिपुर गाउँपालिकाले मणि मुकुन्देश्वरी पदमार्गको डिपिआर पनि बनाइसकेको छ।

    बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.