सिद्धार्थ बैंक लिमिटेड र नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षमा कमाएको मुनाफाबाट सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेका छन् । सिद्धार्थ बैंकले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिने बैंकले जनाएको छ ।
हाल बैंकको चुक्ता पूँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १९५ रुपैयाँ रहेको छ। १४.२५ प्रतिशतका दरले बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८३० रुपैयाँ पुग्नेछ ।
यस्तै नेपाल बैंकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने करसहित ३ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने बैंकले जनाएको छ ।
हाल नेपाल बैंकको चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँ रहेको छ। १४ प्रतिशतका दरले बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१ रुपैयाँ पुग्नेछ ।
