काठमाडौं – सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ ।
कार्यपालिकामा भागबण्डा खोजेको भन्दै प्रधानन्यायाधीश जबरामाथि प्रश्नहरू उठिरहेका बेला सर्वोच्च बारले राणाको राजीनामा माग गरेको हो ।
सर्वोच्च बारले सोमबार एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएको छ । आज बस्ने भनिएको फुल कोर्टसमेत बसाउन नसकेर प्रधानन्यायाधीश राणाले संविधानको धारा १३६ अनुसारको प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बारले विज्ञप्तिमा जनाएको छ ।

