आज बिहीबार देशभर सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो कतिपय स्थानमा हल्का बदली हुने र पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति पनि देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली क्रियाशील छैन । अहिले बिहान देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको विभागले जनाएको छ ।
