• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

खिम्तीको अन्तरकालिन पीपीएको म्याद पुनः ६ महिना थपियो, कहिले आउला आधा स्वामित्व ?


  •   आइतबार, कार्तिक १४, २०७८ मा प्रकाशित
  • काठमाडौं । स्वामित्व हस्तान्तरणमा ढिलाइ भएपछि नर्वेको लगानीमा २२ वर्ष अघि बनेको ६० मेगावाटको खिम्ती जलविद्युत आयोजनाको अन्तरिम विद्युत खरिद सम्झौता (पीपीए) को म्याद पुनः ६ महिनालाई थप गरिएको छ ।

    Advertisement

    पहिला थपिएको अन्तरिम पीपीएको म्याद नोभेम्बर ९ तारिखदेखि सकिँदै छ । म्याद थप गरेर मे अन्तिमसम्म पुर्याईको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । स्वामित्व हस्तान्तरण नहुन्जेलसम्म विद्युत प्राधिकरणले खिम्ती आयोजनाको लगानीकर्ता हिमाल पावर लिमिटेडलाई अन्तरिम कालका लागि प्रतियुनिट २ रुपैयाँका दरले बिजुलीको महशुल भुक्तानी गर्दै आएको छ ।

    कम्पनीको स्वामित्व हस्तान्तरणका लागि तिहारलगतै छलफल अघि बढ्ने बताइएको छ । आधा स्वामित्व हस्तान्तरणका लागि कम्पनी गठनको प्रक्रिया सुरु गर्न दसैंअघि विद्युत प्राधिकरण र खिम्ती आयोजनाको विकासकर्ता हिमाल पावरबीच ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा संयुक्त कम्पनी बनाउन छलफल सुरु भएको थियो । त्यसबेला प्रारम्भीक छलफल मात्र भएको बताइएको छ ।

    स्वामित्व हस्तान्तरणका लागि ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । आयोजनाको सञ्चालन, व्यवस्थापन, बोर्डको नेतृत्व, आयोजना सञ्चालन, खर्च र जिम्मेबारीका साथै पीपीए दरमा मतभिन्नता रहेको कार्यदलका संयोजक तथा ऊर्जाका प्रवत्ता भेटवाल बताउँछन् ।  अब २, ३ राउण्ड वार्ता गरेर यसलाई टुङाउने तयारी भएको उनले सुनाए ।

    विद्युत प्राधिकरण र हिमाल पावरबीच भएको सम्झौता २०७७ असार २७ गतेदेखि सकिएको छ । सम्झौता सकिएको डेढ वर्षमा पनि खिम्तीको आधा स्वामित्व प्राधिकरणमा आएको छैन । सम्झौता अनुसार खिम्ती आयोजनाको आधा स्वामित्व हस्तान्तरण हुनुपर्ने र डलरमा भएको पीपीए खारेज भइ नयाँ हुनुपर्ने छ ।

    डलरमा भएको पीपीए खारेज भइसकेको छ । नयाँदर छलफलका क्रममा रहेको छ । सम्झौता सकिए पनि कोभिड महामारीको कारण छलफल हुन सकेको छैन । विद्युत प्राधिकरणले बिजुली खरिदवापत हिमाल पावरलाई प्रतियुनिट २ रुपैयाँका दरले अन्तरकालिन भुक्तानी गरिरहेको छ ।

    प्राधिकरणको ५० प्रतिशत स्वामित्व आएपछि २ अर्ब ४९ करोड ६८ लाख १६ हजार रुपैयाँ बराबरको बिजुली बिक्रीबाट प्राप्त हुनेछ । हिमाल पावरले ४ अर्ब ९९ करोड ३६ लाख ३२ हजार २०२ बराबरको बिजुली बिक्रीबाट आम्दानी गर्दै आएको थियो ।

    प्राधिकरण र खिम्तीको प्रवद्र्धक हिमाल पावरसँग २०५१ मङ्सिर २९ गते विद्युत खरिद सम्झौता भएको थियो । सम्झौताअनुसार बिजुली उत्पादन भएको २० वर्षपछि ५० प्रतिशत स्वामित्व प्राधिकरणको हुने उल्लेख छ । आयोजनाले २०५७ असारदेखि व्यापारिक उत्पादन सुरु गरेको हो । यस आधारमा २०७७ असारमा २७ मा २० वर्ष पूरा भएको छ ।

    आयोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा निर्माण भएको हो । तत्कालीन समयमा आयोजना १४ करोड २० लाख अमेरिकी डलरमा निर्माण भएको थियो । प्रतियुनिट २१ रुपैयाँमा प्राधिकरणले खरिद गरिरहेको थियो ।

    खिम्तीले झण्डै ५ अर्ब रुपैयाँ बराबरको कमाइ गर्दा प्राधिकरणले अढाई अर्ब रुपैयाँ बराबरको नोक्सानी बेहोरिरहेको थियो । प्राधिकरणले सो आयोजनाको रोयल्टीसमेत आफै तिरिरहेको थियो ।

    आइतबार, कार्तिक १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.