
हामी ले सुनेका छौँ महर्षि वाल्मीकी को इतिहास र उनले रचेका गिति र अनुष्टुप छन्द रामायण को बारेमा।वाल्मीकी रामायण संस्कृत साहित्य को एक आरम्भिक महाकाव्य हुन जो संस्कृत भाषा मा र पालि भाषामा गिति तथा अनुष्टुप छन्द मा रचित छ। यसमा श्रीराम को चरित्र को उत्तम एवं वृहत विवरण काव्य रूप मा स्थापित भएको छ। महर्षि वाल्मीकि द्वारा रचित भएको कारण यसलाई ‘वाल्मीकी रामायण’ भनिन्छ। वर्तमान मा राम को चरित्र मा आधारित जति ग्रन्थ उपलब्ध छ त्यो सबै मूल महर्षि वाल्मीकि कृत ‘वाल्मीकी रामायण’ नै हो।त्यसैबाट आदिकवि भानुभक्त आचार्यले नेपाली भाषामा शार्दुल विक्रिडित र विभिन्न छन्द प्रयोग गरेर ‘वाल्मीकी रामायण’ लाई नेपाली भाषाको मूल प्रवाहमा प्रस्तुत गर्नु भएकाे छ। रामायण कथाका वास्तविक प्रणेता महर्षि वाल्मीकि लाई संस्कृति भाषाका ‘आदिकवि’ मान्नुपर्छ,त्यसैले यसलाई महाकाव्य मानेको हो।यो महाकाव्य नेपाली संस्कृति को महत्त्वपूर्ण आयामलाई प्रतिबिम्बित गरेकोले,साहित्य क्षेत्रमा अक्षय निधी हो।

चितवनको माडीस्थित अयोध्यापुरी भन्ने ठाउँमा भगवान राम को जन्म भएको दाबी भएपछि तातेको माहोल ले अहिले मुर्तरुप लिएको छ। गएको असार २९ गते पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्म नेपालमै भएको दाबी गरेपछि चितवनको माडी नगरपालिकाको चर्चा चुलिएको थियो।जति सक्दो चाँडो राम मन्दिर निर्माण गर्ने र सँगसँगै धाम बनाउने विषय र गुरु योजना अगाडि बढाउने निर्णय भएको छ।धार्मिक र आर्थिक विकास गरेर पर्यटकीय आकर्षण बढाउन पनि राम मन्दिर सहित अयोध्यापुरीलाई धार्मिक केन्द्र बनाउन पर्छ।भारत ले आफ्नै देश मा राम को जन्म भएको थियो भनेर बताए पनि केही महत्वपूर्ण प्रमाण हरु चितवनको माडी, रामघाट, सितागुफा,रामेश्वर मन्दिर,वाल्मीकि आश्रमले अयोध्यापुरीमा भेटिएको राम जन्म भुमिको पुष्टि गर्दछ।तेस कारणले पनि ढुक्कले भन्न सक्छौँ कि रामको जन्म नेपालमै भएको थियो।

लवकुशको जन्म बाल्मिकी आश्रम मा भएको थियो। सीतामाईलाई जब धोविको बचनले जंगल लगेर छाड्न राम ले लक्ष्मण लाई अराए। तब रथमा चढाएर बाल्मिकी आश्रममा भएको घना जंगलमा लगेर छाडेर उसैदिन अयोध्या फर्केको कुरा रामायण मा उल्लेख छ। एकैदिनमा भारतको अयोध्या बाट बाल्मिकी आश्रममा आएर छाडेर फेरी उही जाने संभब हुदैन। त्यसैले रामको जन्म भूमी अयोध्यापुरी नै हो भन्ने प्रमाणित हुन्छ। द्वापरयुगमा मोटर,रेल,जाहाज थीएनन। एउटा पुस्पकबिमान थियो। जुन कुबेर संगबाट राबणले हरण गरेको थियो। त्यो पछि राम अयोध्या आएपछि स्वर्गमा पठाएको कुरा ग्रन्थ हरूमा पाइन्छ। लंका भनेको श्रीलंका हो भनिन्छ। तर चितवन मा लंकु नाम को गाउँ छ लंका लाईन पदमपुरमाछ। यिनै पनि हुनसक्छ। फेरी पनि समुन्द्र तरेको राश्वर मंदिर पुल बनेको कुराले प्रतिकात्मक बिरोधाभास सोचले लंकु नाम राखिएको हुन सक्छ। अनुसन्धान र अध्ययनको बिषय रहन सक्छ।।
-विनायक खराल
सप्तगण्डकी बहुमुखी क्याम्पस
भरतपुर-१०,चितवन
