काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा मंगलबार भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय समकक्षी मनोज मुकुन्द नरवाणेको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उनी १५ सदस्यीय प्रतिनिधिमण्डलको साथमा त्यसतर्फ जाँदैछन् ।
भारत भ्रमणको क्रममा दुई देशका सेनाको परम्परा अनुसार भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट शर्माले मानार्थ महारथीको दर्जा ग्रहण गर्ने तयारी रहेको जनाइएको छ ।
यस्तै प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्चपदस्थ अधिकारीसँग पनि भेट गर्नेछन् । शर्मा २६ कात्तिकसम्म दिल्ली भ्रमणमा रहनेछन् ।
