दुईवटा वाणिज्य बैंकले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन् । प्रभु र लक्ष्मी बैंकले लाभांश प्रस्ताव गरेको सूचना नेपाल स्टक एक्सचेन्जको वेबसाइटमार्फत सार्वजनिक भएको हो ।
लक्ष्मी बैंकले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ८% बोनस र ३.५% नगद (कर प्रयोजनको लागि समेत) गरी कुल ११.५% लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको मिति २०७८ कार्तिक २५ गते विहान ८ः३० बजे बसेको संचालक समितिको २४९औं बैठकले सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.१० अर्ब ६९ करोड ५६ लाख ९० हजारको ८% अर्थात रु.८५ करोड ५६ लाख ५५ हजार २ सय बराबरको बोनस शेयर तथा ३.५% अर्थात रु.२७ करोड ४३ लाख ४९ हजार १ सय ५० बराबरको नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्ने निणर्य गरेको हो ।
यस्तै प्रभु बैंकले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १२% बोनस र ०.६३% नगद (कर प्रयोजनको लागि) गरी कुल १२.६३% लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको मिति २०७८ कार्तिक २३ गते मंगलवार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजी रु. ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार २ सय ९९ को १२% अर्थात रु. १ अर्ब ३६ करोड १६ लाख ४६ हजार ८ सय ७५.८८ बराबरको बोनस शेयर तथा ०.६३% अर्थात रु. ७ करोड १४ लाख ८६ हजार ४ सय ६०.९८ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने निणर्य गरेको हो ।
दुवै बैंकद्वारा प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्चात साधारणसभाबाट पारित गरी वितरण गरिनेछ ।
