काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा बिहानको समयमा चिसो बढ्दै गइहेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्दै गरेकोले चिसो बढ्दै गएको छ ।
आईतबार देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।
आज दिउँसो देशका प्रदेश १, गण्डकी प्रदेश र सु.प. प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य वदली तथा अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ।
यस्तै आज राति पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। यस्तै गण्डकी प्रदेशका हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
