• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियालाई


  •   सोमबार, कार्तिक २९, २०७८ मा प्रकाशित
  • काठमाडौं : आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ। दुबईमा आइतबार राति भएको फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि उचालेको हो।

    Advertisement

    यस जितसँगै अष्ट्रेलियाले पहिलोपटक टी–२० विश्वकपको उपाधि जित्दै इतिहास रचेको छ। यसअघि अष्ट्रेलिया सन् २०१० को टी–२० विश्वकपको फाइनलमा पुगेको थियो। तर, फाइनलमा इंग्ल्याण्डसँग ७ विकेटले पराजित भएको थियो।​न्यूजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले १८ दशमलव ५ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो।

    उसका लागि डेभिड वार्नर र मिचेल मार्शले अर्धशतक पारी खेले। वार्नरले ३८ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाउँदा मार्शल ५० बलमा ६ चौका र ४ छक्काको मद्दतमा नटआउट ७७ रनको योगदान दिए।

    यस्तै, कप्तान आरोन फिन्च ५ रनमा आउट हुँदा ग्लेन म्याक्सवेलले अविजित २८ रन जोडे। बलिङमा ट्रेन्ट बोल्टले २ विकेट लिए।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो। उसका लागि कप्तान केन विलियम्सन उत्कृष्ट ब्याटिङ गरे। उनले ४८ बलमा १० चौका र ३ छक्कासहित ८५ रनको योगदान दिए।

    उनले ३२ बलमा अर्धशतक पूरा गरेका थिए। यो टी–२० विश्वकप फाइनलकै सर्वाधिक छिटो अर्धशतक हो। यसअघि सन् २०१४ मा कुमार संगाकारा र सन् २०१६ मा जो रुटले फाइनलमा समान ३३–३३ बलमा अर्धशतक बनाएका थिए।

    यस्तै, न्यूजिल्याण्डका मार्टिन गुप्टिलले २८, ग्लेन फिलिप्सले १८, डारिल मिचेलले ११ रन बनाउँदा जिमी नीशम १३ र टिम सेफर्ट ८ रनमा नटआउट रहे।

    अष्ट्रेलियाका लागि जोश हेजलवुडले शानदार बलिङ गरे। उनले ४ ओभरमा मात्र १६ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिए। उनले मिचेल, विलियम्सन र फिलिप्सको विकेट लिएका हुन्।

    यस्तै, एडम जाम्पाले १ विकेट लिँदा मिचेल स्टार्कले निकै महँगा साबित भए। उनले ४ ओभरमा बिनाविकेट ६० रन खर्चिए।

    प्रतियोगिताको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै फाइनमा स्थान बनाएको थियो भने दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो।

    पहिलोपटक टी–२० विश्वकपको फाइनलमा पुगेको न्यूजिल्याण्ड उपविजेतामै सीमित बनेको छ। विजेता टिम अष्ट्रेलियाले १।६ मिलियन अर्थात् १६ लाख अमेरिकी डलर पुरस्कार पाएको छ। उपविजेता न्यूजिल्याण्डले ८ लाख अमेरिकी डलर प्राप्त गरेको छ। यसैगरी सेमिफाइनल पुग्ने दुई टोली पाकिस्तान र इंग्ल्याण्डले समान ४–४ लाख अमेरिकी डलर पाए।

    सोमबार, कार्तिक २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद २०२६: पदक तालिकामा चीनको अग्रता कायमै
    साम्बा गम्भीर घाइते, करिब एक बर्ष मैदान बाहिर रहने
    स्टार अलराउण्डर आन्द्रे रसेलको आइपीएलबाट सन्यास
    सुदूरपश्चिम रोयल्सले पोखरालाई दियो १९४ रनको लक्ष्य
    एएफसी यू-१७ एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमको बिदाई, यस्तो छ खेल तालिका
    अष्ट्रेलियाली प्यारालम्पिक स्वर्ण पदक विजेता पेज ग्रेकोको २८ वर्षको उमेरमा निधन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.