चिलिमे जलविद्युत कम्पनी लिमिटेड (CHCL) ले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले प्रथम त्रैमासमा रु.१०.९८ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा ६.०१% ले कमी रहेको छ। खुद नाफा घटे सँगै प्रति शेयर आम्दनी पनि रु.१५.६४ बाट घटेर रु.१३.३७ कायम हुन आएको छ।
रु.६.२८ अर्ब चुक्ता पूंजी रहेको कम्पनीको जगेडा तथा कोष १०.९०% ले घटेर रु.४.०३ अर्ब कायम रहेको छ। यस्तै, कम्पनीको कुल शेयरधनीकोष वृद्धि भएर रु.१०.३१ अर्ब कायम हुन आएको छ। शेयरधनीकोष बढे पनि शेयर संख्या बढेको ले कम्पनीको प्रति शेयर किताबी मुल्य भने रु.१७९.२५ बाट घटेर रु.१६४.१९ कायम हुन आएको छ।
