मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
यस्तै वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले औंल्याएको छ ।
आज दिउँसो कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका भूभागमा सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरू आंशिकदेखि सामान्य बदली रहनेछ । आज राति पनि देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका भूभागमा सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरू आंशिक सामान्य बदली रहनेछ ।
रातिकाे समयमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
