काठमाडौं – बुधबार राति यूईएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा पेरिस सेन्ट जर्मेन पिएसजी पराजित भएको छ । निकै रोमान्चक बनेको उक्त खेलमा पिएसजी म्यानचेष्टर सिटीसँग २–१ गोलले पराजित भएको हो ।
स्टार खेलाडीले भरिएको पिएसजीको तर्फबाट केलियन एमबाप्पेले मात्र एक गोल गरे । उनले खेलको ५०औँ मिनेटमा गोल गरेका थिए । खेलको ६३ मिनेटमा रहिम स्टर्लिङले टिमलाई बराबरीमा पुर्याएका थिए ।
त्यसपछि खेलको ७६ मिनेटमा ग्रावियल जेसुसले गोल गरे । यससँगै सिटी च्याम्पियन्स लिगको समूह ‘ए’ को विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको छ । सिटीले ५ खेलमा १२ अंक जोडेको छ । यस्तै पिएसजी समान खेलमा ८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
