आज बिहीबार देशका प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशभर चिसो बढ्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ । राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागहरुमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ ।
अहिले बिहान देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ । काठमाडौं उपत्यकामा पनि बदलीका कारण घाम राम्रोसँग लाग्न सकेको छैन ।
