• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

केपी ओलीले जित्नुभयो, केपी ओलीले हार्नुभयो


  •   बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
  • मंसिर १० देखि १४ गतेसम्म चितवनमा सम्पन्न नेकपा (एमाले) को दशौँ महाधिवेशनबाट पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको पूर्णनियन्त्रण कायम भएको छ । ०७४ फागुनमा प्रधानमन्त्री भएदेखि सरकार र पार्टीमा पूर्णनियन्त्रण कायम राख्ने योजनामध्ये पार्टीमा एकलौटी गर्ने लक्ष्यले महाधिवेशनबाट वैधता पाएको छ ।

    Advertisement

    सौराहाबाट फर्किएका नेताहरू भन्छन्, ‘यस्तो महाधिवेशन संसारको कुनै पनि कम्युनिष्ट पार्टीमा हुँदैन । बुर्जुवाहरूले पनि लोकतान्त्रिक अभ्यासलाई पारदर्शी बनाउने बाध्यताको यो जमानामा कम्युनिष्ट नेताले आदेशको भरमा नेतृत्व छान्नु लज्जास्पद विषय भएको छ ।’ ती एमाले नेताको ठहर छ, भारतमा गुजरातबाट उदाएका नरेन्द्र मोदी यसरी नै सरकार र पार्टीमा शक्तिशाली छन् । तर, उनले यो हदसम्म अत्याचार गरेर नेतृत्व निर्माण गरेनन् । बरु भाजपाको दुई कार्यकाल अध्यक्ष भएका अमित साह र राजनाथ सिंहलाई गृह र रक्षा मन्त्री बनाएर पार्टी र सरकार मज्जासँग चलाएका छन् । तर, एमालेमा जनवादी केन्द्रीयताबाट ‘जनवाद’को चीरहरण गर्दै २२ सय ८७ प्रतिनिधिमाझ सम्पन्न महाधिवेशन भूमिगत महाधिवेशनको शैलीमा सम्पन्न गरिएको छ, विधानले कल्पना नगरेको ‘सर्वसम्मत’ को कम्फरटेबल सूची मध्यराति बाचन गरिएको छ । बाध्यतावश चुनावै हुँदा पनि मन नपरेकालाई छानीछानी करौँती चलाइएको छ ।

    एउटा गतिशील राजनीतिक दलले प्रतिस्पर्धाको विधि अपनाएर प्रयोजन सकिएका पात्रहरूलाई प्रतिस्पर्धाबाटै बिदा गरी नयाँ पुस्ताका व्यक्तिहरू पनि त्यही प्रक्रियाबाट छान्नुपथ्र्यो । तर, यस्ता परीक्षणहरूमा जाँदा रुचाइएका व्यक्तिहरू नआउलान् भनेर अध्यक्ष मण्डलले जबर्जस्ती पार्टी अध्यक्षलाई नाम छान्ने अधिकार दिने र अध्यक्षले मन लागेका व्यक्तिहरूको नाम पढेर सुनाउने काम भयो । प्रतिनिधिको बीचमा प्रतिभाको पहिचान भएन, फलतः लोकप्रिय र अलोकप्रिय व्यक्तिको परीक्षण हुन पाएन । उदाहरणका लागि, ०७४ को निर्वाचनमा वामदेव गौतमले चुनाव हार्नु सिंगो नेपाली राजनीतिक घटनाक्रमभित्र अप्रत्यासित परिणाम थियो । त्यो परिणामले एउटा मान्छेको राजनीति त सकियो । तर त्यसले धेरै कुरा गिजोल्यो । एमालेले आठौँ र नवौँ महाधिवेशनको तरिकाले निर्वाचनबाट सबै निर्वाचित हुने पद्दती अबलम्बन गरेको भए यस्ता केही प्रत्यासित र अप्रत्यासित पात्रहरूको परीक्षण हुन्थ्यो, जसले गर्दा पार्टी जीवन्त बन्ने कुराको सुनिश्चितता रहन्थ्यो ।

    व्यक्ति चयन गर्ने ओलीविधि कस्तो अन्यायपूर्ण थियो भन्ने कुरा नरेश खरेल, टंक कार्की, लालबाबु पण्डितसहितका व्यक्तिहरूप्रति गरिएको अन्यायपूर्ण व्यवहारले बताउँछ । नरेश खरेल झापा विद्रोहदेखिका नेता हुन् । उनकी पत्नी पवित्रा खरेलले केपीलाई संसदभित्र अप्ठेरो परेको बेला साथ दिएकी थिइन् । तर, चित्रगुप्तले झैं पाइला पाइलाको हिसाव राख्दै यी दुबैलाई केन्द्रीय कमिटीमा समेटिएन । टंक कार्की ०३६ सालमा अखिल पाँचौंका संस्थापक अध्यक्ष हुन् । चीनका लागि राजदूत रहिसकेका उनले पदाधिकारीमा अकांक्षा राखेका थिए । तर, केन्द्रीय सदस्य पनि बनाइएन । सचिवमा उम्मेदवार बने, हराइयो । लालबाबु पण्डितले नवौँ महाधिवेशनमा उपाध्यक्षमा उम्मेद्वारी दिएका थिए, पराजित भए । यसचोटि माधव नेपालको साथ छोडेर केपीलाई साथ दिँदा सचिव बनाए हुन्थ्यो भनेका थिए । तर, पहिल्यै उपाध्यक्ष दावी गरेको व्यक्तिलाई यसचोटि सचिवमा पनि ‘पत्याइएन’ । बरु, नवौँ महाधिवेशनमा सचिवमा हारेका विष्णु रिमाल उपमहासचिव बनाइए । उपमहासचिव हारेका शंकर पोखरेल महासचिवमा उकालिए । उपमहासचिव जितेका घनश्याम भुसाललाई चाहिँ फेरि उपमहासचिव पनि नहुने गरी निकाल बाहर गरियो ।

    पोलिट्व्युरो सदस्यसम्म पनि नभएकी पद्माकुमारी अर्याल एकैचोटि सचिव भइन्, राधा ज्ञवाली, थममाया थापा, श्रीमाया थकाली, बिन्दा पाण्डेहरू हेरेका हेर्यै भए । केन्द्रीय सदस्य हुनका लागि महिलाका हकमा कम्तिमा पार्टीको संगठित सदस्य भएको सात वर्ष पुग्नुपर्ने वैधानिक प्रावधानविपरित गायिका कोमल वलीलाई एमालेमा प्रवेश गरेर राष्ट्रियसभा सदस्यसमेत भएको चार वर्षमै केन्द्रीय सदस्य बनाइयो । अखिल पृष्ठभूमिका सुरेन्द्र मानन्धर, सोभियत ढकाल, इन्दिरा पन्त, भक्तकुमारी लामा, शिव गुरुङसहित थुप्रै युवालाई १० बुँदे पक्षधर भएकै नाममा केन्द्रीय कमिटीमा राखिएन । त्यस्ता अरु थुप्रै पुराना, त्यागी र पार्टी काममा समर्पित नेतालाई केन्द्रीय कमिटीमा नराखी भर्खरै अखिलको अध्यक्ष बनाइएकी झापाकी सुनिता बराल केन्द्रीय सदस्य भइन् ।

    नेताहरूको ठहर छ, एमालेलाई कम्युनिष्ट पार्टी नै मान्ने हो भने पनि यो महाधिवेशनपछि कम्युनिष्ट पार्टीको अनुहार नै फेरियो । सहिदलाई श्रद्धाञ्जली दिएर, अन्तर्राष्ट्रिय गीत गाएर शुरु हुनुपर्ने महाधिवेशनका कारवाहीमा यी केही काम–कुरा गरिएनन् । वडादेखि नै सुविचारित सहमतिमा आएका प्रतिनिधिको प्रचण्ड मतसहित दशौं महाधिवेशनबाट केपी ओलीले अध्यक्षमा जित्नुभएको छ । लोकतन्त्रमा बहुमतले छानेको विजयलाई वैधानिक नै मानिन्छ तर कम्युनिष्ट आन्दोलनको भाष्य, अभ्यास, संस्कार र कार्यशैलीको हिसावमा भने केपी ओलीले हार्नुभएको मान्नेहरू धेरै छन् । जना आस्था बाट

    बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.