काठमाडौं – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब नसुध्रिएमा सकिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता थापाले सो कुरा गरेका हुन् ।
उनले बेलैमा कांग्रेस नसुध्रिएमा सकिने भन्दै नौ लाख कार्यकर्ताको भविष्य पनि समाप्त हुने बताए । उनले चुनाव जित्छौँ भनिरहँदा आम नागरिकले कांग्रेसले किन जित्नुपर्छ भन्ने कुराको बोध गराउन आवश्यक रहेको पनि बताए ।
उनले कांग्रेसले चुनावभन्दा परको अवस्था हेरेर अघि बढ्नुपर्ने बताए । आफु चुनाव जित्नुपर्छ भनेर लाग्नुभन्दा एउटा नागरिकले कांग्रेस किन सुध्रिनुपर्छ भन्ने कुरा थाहा पाउनु ठूलो कुरा भएको नेता थापाको भनाई छ ।
आउँदो पार्टिको महाधिवेशनपछि कांग्रेसको सदस्यता कहिल्यै नलिएको र सदस्य कहिल्यै नभएको १५ लाख नयाँ मान्छे पार्टीसँग जोडिनुपर्ने उनले बताए ।
