काठमाडौं – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले शेरबहादुर देउवा पराजित भए पनि गठबन्धन सरकार नहट्ने बताएका छन् । आइतबार पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले सभापतिका अर्का उम्मेदवार देउवाले आफूले हारे गठबन्धन सरकार हट्छ भनेको भन्दै सो कुरा बताए ।
उनले महाधिवेशनमा आफूले जितेपछि गठबन्धन अझ बढी संगठित हुने बताए । उनले भने उहाँले म हारे भने यो गठबन्धन सरकार हट्छ भन्नु भयो। म प्रण गर्न चाहन्छु नेतृत्व परिवर्तन हुन्छ
यस्तै उनले आफू विजयी भए पार्टीलाई गतिशील बनाउने र निर्वाचनमा केन्द्रित हुने पनि बताए । विजयपछि कांग्रेस आगामी तीनवटा निर्वाचनमा केन्द्रित हुने बताउदै उनले भने – ‘नेपाली कांग्रेसलाई भागबण्डारहित बनाएर एक ढिक्का भएर सबैलाई समेट्ने कांग्रेस बनाएर तीनवटै निर्वाचनमा हामी विजय हासिल गर्छौं’
उनले थपे – ‘तपाईंहरुलाई लाग्दोहोला, हामीसँग अनुभव नभएका साथी हुनुहुन्छ। हामीसँग अर्जुननरसिंह केसी, रामशरण महत, शशांक कोइराला लगायतका साथीहरु हाम्रै टिमबाट केन्द्रीय समितिमा उम्मेदवार हुनुहुन्छ।’
