चितवन । रत्ननगर नगरपालिका वडा नं ३ वडा कार्यालयले सामुदायिक विद्यालयमा अध्यायन गर्ने छात्राहरुलाई साइकल वितरण गरेको छ । सो वडा भित्र रहेको बेल्सी आधारभुत विद्यालयमा अध्यायनरत छात्रालाई साइकल वितरण गरिएको हो । सो विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्यायनरत ३७ जना छात्रालाई साइकल वितरण गरिएको वडाध्यक्ष गुप्तनाथ भट्टराईले जानकारी दिए ।
सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन र शैक्षिक गुणस्तर सुधार गर्न छात्राहरुलाई साइकल प्रदान गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि मेयर नारायण वन र वडाध्यक्ष भट्टराईले विद्यार्थीहरुलाई साइकल हस्तान्तरण गरेका थिए । सो अबसरमा मेयर वनले सामुदायिक विद्यालयमा पढ्ने नगर भित्रका छोरीहरुलाई साइकल वितरण सुरु गरेको बताए । सबै सामुदायिक विद्यालयलाई बस प्रदान गर्न सक्ने अबस्था नरहेपछि पहिलो चरणमा सामुदायिक विद्यालयमा पढ्ने छात्राहरुलाई साइकल दिन सुरु गरिएको बताए ।
