• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

ज्योति समुह भित्रको विवाद के हो ? आखिर किन यस्तो अवस्थामा पुग्दैछन यो व्यापारिक घराना


  •   शुक्रबार, पुष ३०, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपालमै, त्यसमा पनि काठमाडौंको रैथाने नेवार व्यापारी भनेर चिनिएका ज्योति समूहभित्रको विवाद अब समाधान नहुने गरी लम्बिएको छ । परिवाभित्रै कसैले कसैलाई पनि नटेर्दाको परिणाम यो विवाद अब अदालतमा प्रवेश गरेको छ । तर विडम्बना नै भन्नुपर्छ, नेपालको न्यायालयमा कुनै पनि मुद्दा प्रवेश गरेपछि सहजै र त्यसमा पनि समयमै समाधान हुने भन्ने विषय एकादेशको कथा जस्तै हुने गरेको छ ।
    न्यायालयले समयमा न्याय दिएको वा विवाद समाधान गरेको कुनै पनि इतिहास छैन । जसरी हुन्छ, मुद्दा लम्ब्याउने, न्यायाधीस र वकिलबीच बार्गेनिङ गराउने र अन्त्यमा धेरै समय लगाएर हत्तु हैरान बनाउने गरेको तथ्य कोही कसैबाट छिपेको छैन । अब ज्योति परिवारको झगडा पनि त्यस्तै विवादमा फसेको छ । काका भतिजको विवाद अदालतमा प्रवेश गरेको स्वमय् ज्योति परिवारले जानकारी दिएको छ ।

    Advertisement

    नेपालको पुरानो व्यवसायिक घराना ज्योति परिवारबीचको सम्पत्तिको विवाद अदालतमा पुगेसँगै अनेकन चासो र चर्चा पनि शुरु भएको छ । ज्योति समूहको सम्पत्तिको विवाद यसअघि प्रहरीमा पनि पुगेको थियो । प्रहरीमा पनि मिलाउने प्रयास नभएको होइन, तर कोही पनि टसको मस नभएपछि मिलाउने कुरा सिलाउन भन्दा चर्को पर्न गयो । प्रहरीले नसकेपछि विषय अब अदालतमा पुगेको हो । पारिवारिक वकिल र मध्यस्तकर्ताले विवाद मिलाउन नसकेपछि ज्योति परिवारको सम्पत्ति विवाद अदालत पुगेको श्रोतको दाबी छ ।

    णिहर्ष ज्योतिले स्थापना गरेको व्यवसायिक घराना ज्योति परिवार अहिले तेस्रो पुस्तामा छ । तेस्रो पुस्तामा आइपुग्दा सम्पत्तिको विवाद बढेको हो । पद्म ज्योतिका छोरा सौरभ ज्योति आफ्नो समेत लगानी रहेको कम्पनी विरुद्ध अदातमा पुगेका हुन् । सौरभ ज्योतिले आफ्ना काका अध्यक्ष रहेका कम्पनीहरु ज्योती एण्ड कम्पनी प्रालि, इन्जिनियरिंग एण्ड सेल्स लि, भाजुरत्न फर्मा प्रा.लि, हिमाल एण्ड कम्पनी प्रालि, स्यामुकापु एण्ड कम्पनी प्रालि, ज्यौति यार्न प्रोसेसिंग कम्पनी भाजुरत्न कम्पनी प्रा.लि.समेत म्यानेजमेन्ट सर्भिसेज प्रालि र स्याकर कम्पनी प्रालि विरुद्ध पाटन उच्च अदालतमा गत शुक्रबार उपयुक्त आदेश जारी गरी पाउ भनेर मुद्दा दर्ता गरेका छन् ।

    जानकारहरुका अनुसार यि सबै कम्पनीमा सौरभका काका अध्यक्ष बनेपछि पद्म र रुप ज्योतिको परिवारबीच विवाद भएको थियो । पद्म ज्योति अध्यक्ष रहेको कम्पनीबाट भाई रुप ज्योतिले एकलौटी रुपमा हटाएको भन्दै पद्म ज्योतिको परिवारले लफडा निकालेको थियो । रुप ज्योतिले भने आफ्ना भतिजाले बाराको जग्गा एकलौटी रुपमा बिक्री गरेको भन्दै आफ्नो सम्पत्ति हडपेको आरोप लगाएका छन् । खासमा सौरभले काकालाई जानकारी नै नदिई किर्ते गरेर बाराको अर्बौ मूल्य बराबरको जग्गा बिक्री गरेका थिए । विषय अदालतमा प्रवेश गर्नुको पछाडिको एउटा खास कारण पनि यही प्रकरण हो ।

    गत वर्ष असारमा डा. रुप ज्योतिले दाई पद्म ज्योतिका छोराहरु शौरभ र शुहृत ज्योतिले आफ्नो सम्पत्ति हत्याएको आरोप लगाउँदै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए । प्रहरीले त्यो बेला उजुरी भने असाध्यै कष्टका साथ दर्ता गरेको थियो । छलफलका क्रममा पारिवारिक सम्पत्तिको विवादमा प्रहरीले केही गर्न नसक्ने भएपछि ज्योति परिवारको विवाद अदालतमा पुगेको बताइन्छ । प्रहरीमा उजुरी दिएको केही समयपछि रुप ज्योति ज्योति समूहको अध्यक्ष भएको भन्दै बधाई दिएर ज्योति समूहको लगानी रहेको कम्पनीले पत्रिकामा विज्ञापन समेत छपाएको थियो । ज्योति समूहको अध्यक्ष डा रुप ज्योति रहेको अहिलेसम्म समूहलाई अध्यक्ष बनाउनको लागि पद्म ज्योतिले भूमिका निर्वाह गरेकोमा बधाई समेत दिएको थियो । सबै जसो दैनिक पत्रिकामा सो विज्ञापन छापिएको थियो ।

    अहिले सौरभ ज्योति समूहको अध्यक्ष भएर डा रुपलाई बधाई दिएका कम्पनी विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गर्न पुगेको हुन् । त्यो बेला डा रुप ज्योतिलाई प्रकाउ गर्न मुद्दा दिएका विजेन्द्र जोशीले आफूले पद्म ज्योतिलाई सम्मान गर्ने तर, भाई रुप ज्योतिको कारण आफूले पाउनुपर्ने जग्गा नपाएको मिडियामा बताएका थिए ।   दुईभाईसँग निकट रहेका एक व्यवसायीले डा रुप ज्योति प्रकाउपछि भतिजाहरुसँग डा ज्योतिको विवाद निकै बढेको थियो । डा रुप ज्योति ठगी मुद्दामा प्रकाउ गरेपछि परिवारभित्र सम्पत्तिको विवाद बढ्दै गएको हो । रुप ज्योतिको ठगी मुद्दा भने पछि फिर्ता भएको थियो । त्यो बेला प्रकाउ गर्नु नै नपर्ने केसमा प्रहरीले रुप ज्योतिलाई प्रकाउ गरेको थियो ।

    डा. रुप ज्योतिले पद्म ज्योतिका कान्छा छोरा शुहृद ज्योतिलाई दोस्रो आरोप लगाएका छन् । आफ्नो नाममा भएको भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीबाट बिक्री हुने ट्याक्टरको डिलर शुहृतले भाजुरत्न प्रालि नामक कम्पनी खोलेर खोसेको रुप ज्योतिको आरोप छ । रुप ज्योतिले दाई पद्म र भतिजाहरु सौरभ र शुहृतले आफ्नो नाममा भएको पारिवारिक सम्पत्ति हडपेको आरोप लगाएका छन् । पद्म ज्योति र रुप ज्योतिका बुवा मणिहर्ष ज्योतिले खोलेको ज्योति समूहमा अहिले पद्म ज्योतिको परिवारले होण्डा तथा रुप ज्योतिको परिवारले हिरो मोटरसाइकलको बिक्री गर्छ । यसबाहेक हिमाल स्टिल र ग्यासको स्वामित्व रुप ज्योतिसँग छ ।

    व्यवसायीक रुपमा सफल भएपछि आफूरुलाई सिध्याउन केही रैथाने व्यापारीले खेलेको उनीहरुको बुझाई छ । विशेष गरी मारवाडी समुदायले आफूहरुलाई विगतदेखि नै फुटाउन खोजेको र त्यसमा उनीहरु सफल भएको रुप ज्योति पक्षको भनाइ छ । पद्यम ज्योति पक्षले भने आफूहरुले कहिल्यै पनि संस्थाको हित विपरित जान नखोजेको तर, सम्पत्तिमा समान भागवण्डा गर्ने भन्दा पनि रुप ज्योति पक्ष अनाधिकृत रुपमा चल्न खोजेपछि अधिकारका लागि अदालत पुगेको बताएका छन् ।

    ज्योति समूह विगतमा दरबारको नजिक रहेको थियो । तत्कालीन राजा महेन्द्र र उनका पीता त्रिभुवनले समेत उनीहरुको परिवारमा लगानी गरेको बताइन्छ । पछि राजा विरेन्द्रसँग पनि उनीहरुको सुमधुर सम्बन्ध रहेको थियो । उता सो समूहले भ्याट छली समेत गरेको पाइएको छ । राज्यलाई तिर्नु बुझाउनुपर्ने भ्याट रकम छली गरेर उनीहरुले ग्राहकले तिरेको भ्याटमा समेत गैरकानूनी काम गरेको बताइन्छ ।

    धन हुनेलाई पनि गाह्रो, नहुनेलाई झनै गाह्रो । नेपाली समाजमा यस खालको धारणायत्रतत्र सुन्न सकिन्छ । ठूलाका ठूलै समस्या, सानाको झनै समस्या । यस्तै, अनेकन समस्यै समस्याको चाङमा फसेको नेपालको एउटा पूरानो व्यवसायीक घरानाको ज्योति गु्रपको समस्या कसरी समाधान होला, भन्ने अब अदालतकै आदेशमा भर पर्ने भएको छ ।

    शुक्रबार, पुष ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.