काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न उठ्न सक्ने बताएका छन् ।
शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उनले भने – ‘तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न उठ्न सक्छ। त्यसैले बेलैमा सचेत हौं।’
संसद नचलिरहेको र सर्वोच्च अदालतमा गतिरोध कायम रहेकोले यस्तो अवस्थामा गठबन्धन गम्भीर रहनुपर्ने पौडेलको भनाई छ ।
उनले भने – ‘संसद चलेको छैन। सर्वोच्च अदालतमा गतिरोध कायमै छ। राष्ट्रिय महत्त्वका विषयमा गतिरोध छ। उनले थपे यस्तो अवस्थामा गठबन्धन गम्भीर नभएमा गठबन्धनको औचित्यमाथि प्रश्न उठ्छ । ‘
