काठमाडौं – विप्लवसहित अन्य दलहरुले भोलि नेपाल बन्दको घोषणा गरेका छन् । बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गरिने कुरा चलेपछि विप्लव लगायतका दलहरुले नेपाल बन्दको घोषणा गरेका हुन् ।
नेपाल बन्दको घोषणा गर्नेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा ९माओवादी केन्द्र० लगायतका दलहरु रहेका छन् ।
नेपाली कांग्रेसले एमसीसी राष्ट्रको हितमा रहेको भन्दै यसलाई संसदमा टेबुल गर्ने निर्णय गरेपछि नेपाल बन्दको घोषणा गरिएको हो ।
