काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ । बिहिबार सत्तारूढ गठबन्धन बैठक सकिएलगत्तै देउवा ओली भेट्न बालकोट पुगेका हुन् ।
सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि बालकोट पुगेका देउवा र ओलीबीच के बिषयमा छलफल भयो स्पष्ट भएको छैन । उक्त भेटवार्तामा देउवा पत्नी डा आरजु राणा पनि सहभागी भएकी थिइन् ।
एमसिसी संसद्मा टेबल गर्ने विषयमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा आआफ्नै अडानमा भएपछि समस्यामा परेका प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्न पुगेका हुन् ।
