काठमाडाैं : सत्ता गठबन्धनकाे बैठक आज बिहान १० बजे पुन: बस्ने भएकाे छ । अमेरिकी सहयोग परियोजना एमसिसीका बारेमा छलफल गर्न बैठक पुन: बस्ने भएकाे बालुवाटार स्राेतले जनाएकाे छ ।
अमेरिकी सहयोग परियोजना एमसिसीका बारेमा छलफल गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक विना निश्कर्ष सकिएको थियाे ।
त्यस्तै, बिहीवार बसेकाे बसेको बैठकले एमसीसी भोलीकाे संसद बैठकमा पनि टेबल नहुने निर्णय गरेको छ। भाेलीकाे बैठकमा थप छलफल गर्ने सहमति भएकाे स्राेतले बताएकाे छ ।
सत्ता गठबन्धनमा कांग्रेस एमसिसी टेबल गर्ने पक्षमा अभिएको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी विपक्षमा उभिएको छ।
