काठमाडौं – एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले एमसीसी परिमार्जनबिना पारित गर्न नसकिने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सो कुरा गरेका हुन् ।
उनले एमसीसी आफ्नो पार्टीको भावनाविपरीत संसद्मा टेबुल भएको बताए । उनले भने परिमार्जन नगरीकन एमसीसीलाई अघि बढाउनै सकिदैन ।
उनले एमसीसी टेबुल गर्ने कुरा विदेशीहरूको दबाबमा झुक्ने कुरा भएको पनि बताए ।
आइतबार बसेको बैठकमा सांसदहरुको विरोधका बीच एमसीसी पेस गरिएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् ।उनले एमसीसी पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन १२ गते बिहीबार दिउँसो १ बजे बस्ने बताए ।