काठमाडौं – पोखरामा आइतबार दिउँसो बाक्लो असिना परेको छ । दिउँसो १ बजेदेखि साढे ४ बजेसम्म निरन्तर परेको बाक्लो असिना पानीले पोखराको जनजीवन प्रभावित भएको छ ।

पोखराका अधिकांश सडकहरु असिनाले सेताम्मे भएका छन् । सडकमा बाक्लो असिना जमेपछि यातायात पनि अवरुद्ध भएएर ट्राफिक जाम भएको थियो । पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, नयाँबजार, सिर्जनाचोक, रानीपौवालगायतका क्षेत्रका सडकमा बाक्लो असिनाका कारण यातायात चलेको थिएन ।

सडकमा असिना जमेर गाडी गुड्न अप्ठ्यारो भएपछि प्रहरीले असिना हटाएको जनाइएको छ । असिनाका कारण हिउँदे बाली तथा काउली, बन्दा लगायतका तरकारी र कौसी खेतीमा क्षति पुगेको छ । तस्बिर – पोखराबाट




