बारको निर्वाचन कार्यतालिका प्रकाशित, चैत १९ मा मतदान
मङ्गलबार, फागुन १०, २०७८
मा प्रकाशित
काठमाडौं : नेपाल बार एसोसिएसनको निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । बारको आज प्रकाशित निर्वाचन कार्यतालिका अनुसार आगामी चैत १९ गते हुने मतदान हुनेछ । त्यस्तै तालिकामा आज मतदाता नामावली प्रकाशित गर्ने उल्लेख छ । तालिका अनुसार, फागुन २३ मा उमेद्वारी मनोनयन दर्ता गर्नुपर्नेछ । त्यसको झण्डै साताभन्दा बढी प्रचारप्रसारका लागि समय तोकिएको छ ।तालिका अनुसार चैत १९ गते देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुनेछ । बारले निर्वाचन केन्द्र पनि तोकिसकेको छ । बारको हाल कार्यरत कार्यसमितिको कार्यकाल समाप्त हुन लागेकाले नयाँ नेतृत्व चयन गर्नका लागि निर्वाचन हुन लागेको हो ।