मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तीय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण पनि बढ्ला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा भने अधिक धन खर्च हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । आर्थिक सङ्कटले आउला र मनमा छटपटी व्याप्त हुनसक्छ, तर साँझमा धन लाभ हुनसक्छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) दैनिक कार्यमा प्रगति हुनेछ ।नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । धार्मिक यात्राको योग पनि छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।
मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) आज बोलीको चातुर्यले काम बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।
