चितवन । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि चितवन लगायत देशैभर म्यादी प्रहरीको लागि दर्खास्त आव्हान गरिएको छ। चितवन जिल्लाको लागि १७ सय ९ जना म्यादी प्रहरीका लागि दर्खास्त माग गरिएको छ।
चैत ६ गते देखि ११ गते सम्म तोकिएको योग्यता पुगेका नेपाली नागरिकले फारम भर्न पाउने जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता नरहरी अधिकारीले बताए। सरकारले तोकेको मापदण्ड अनुसार म्यादी प्रहरीका लागि १८ वर्ष पुरा भई ५४ वर्ष सम्मका नेपाली नागरीकले दर्खास्त बुझाउन सक्ने छन । भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउने छन ।
सरकारले ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरिले खाद्यान्नवापत ७ हजार २००,पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
