• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

देउवालाई ओलीले दिएको राहत !


  •   मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
  • काठमाडौं । वैशाख ३० को स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुले राजनीतिक गतिविधीमा तिव्रता दिएका छन् । निर्वाचन आउँन ५३ दिन बाँकी रहँदा दलहरुले गतिविधीलाई बढाएका हुन् ।

    Advertisement

    उम्मेदवार चयन लगायतका लागि प्रमुख राजनीतिक दलहरुले मापदण्ड बनाउन थालेका छन् भने गठबन्धन गर्ने विषयमा पनि चर्चा चलिरहेको छ ।

    हाल सत्ता सञ्चालन गरिरहेका नपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी गठबन्धनमा रहेका छन् ।

    गठबन्धनमा रहेका दुई दल माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेर चुनावमा जाने बताइरहेका छन् भने नेपाली कांग्रेसको संस्थापन इतरपक्षका नेताहरुले गठबन्धन सरकार सञ्चालनका लागि भएको बताउँदै आइरहेका छन् ।

    महामन्त्री गगन थापासहितका नेताहरुले कांग्रेका मतदालतले रुख चिह्नमा छाप लगाउन पाउनुपर्ने बताइरहेका छन् । उनीहरु गठबन्धनमा जाँदा कांग्रेसलाई नाफा नहुने र वास्तविक कांग्रेसको जनमत थाहा नहुने तर्क गरिरहेका छन् ।

    तर सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भने गत निर्वाचनमा कमजोर अवस्थामा रहेको आफ्नो दललाई सत्ताको बागडोर सम्हाल्न सहयोग गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई चिढ्याउने पक्षमा छैनन् । उनले चुनावसम्मै गठबन्धन जाने भनिरहेका छन् ।

    देउवाले आफू निकटका नेताहरुसँग माओवादी र एकीकृतसँग गठबन्धन नगरे वृहत वाम एकता हुन सक्ने र चुनावी नतिजा गत निर्वाचनको जस्तै हुन सक्ने बताइरहेका छन् ।

    ‘वामपन्थी पार्टीहरु फेरि एक हुन बेर लाग्दैनन्’ भन्दै आफूलाई सुरक्षित गर्न खोजेका देउवालाई प्रमुख प्रतिपक्षीसमेत रहेको र आगामी चुनावमा पनि मुख्य प्रतिस्पर्धी रहेको आकलन गरिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही राहत भने दिएका छन् ।
    आजबाट सुरु भएको पोलिटब्यूरो बैठकमा नेताहरु घनश्याम भुसाल र रघुजी पन्तले वामपन्थी दलहरुसँग एकताको प्रस्ताव राखेका थिए ।

    तर, अध्यक्ष ओलीले भने पारस्परिक लाभको आधारमा चुनावी तालमेल भए पनि अन्य पार्टीसँग एकता नहुने बताए । उनको यस्तो भनाइले देउवालाई केही राहत मिलेको छ ।

    अब कांग्रेससँग गठबन्धन नभएमा पनि एमालेसँग माओवादी र एकीकृत समाजवादी मिल्न जाने त होइनन् भन्ने देउवाको संसयलाई केही हदसम्म टारिदिएको छ ।

    एमाले अध्यक्ष ओलीले नेपालमा एमाले मात्रै वामपन्थी दल रहेको भन्दै अन्यसँग एकताको कुरा नहुने बताएका थिए । पोलिटब्युरो सदस्य सूर्य थापाका अनुसार घनश्याम भूसालले वाम एकताको प्रस्ताव ल्याएको भए पनि अध्यक्ष ओलीले प्रचण्ड र  माधवकुमार नेपालको पार्टी र मान्छे दुवै वामपन्थी नभएको बताए ।

    ओलीले पार्टी आफ्नो सामर्थ्यमा एकल प्रयासमा अघि बढ्ने बताए । उनले वामपन्थीसँग एकता नभइ आवश्यकताअनुसार विभिन्न पक्षसँग तालमेल हुने बताएका थिए । आफू बाहेक अरु वामपन्थी नरहेको र उनीहरुसँग गठबन्धन हुन नसक्ने ओलीले बताइरहँदा देउवालाई राहत भएको छ ।

    देउवाको संसय भने प्रचण्डले केही दिनअघि बढाइ दिएका थिए । गत मंगलबार बुटवल पुगेर प्रचण्डले कांग्रेसले महत्व नदिए एमालेसँग पनि गठबन्धन हुन सक्ने बताएका थिए ।  नेकपा एमालेसँग गठबन्धन हुने र नहुने नेपाली कांग्रेसकै व्यवहारमा भर पर्ने प्रचण्डको थियो । ‘तत्काल एमालेसँग सहमति हुने सम्भावना देखिएको छैन । तर यो एक हदसम्म कांग्रेसको व्यवहारमा पनि भर पर्छ, कांग्रेसका केही नेताहरुले कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवाद ढंगले बोल्न थाल्नुभएको छ, यसरी नै कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन ’ प्रचण्डको भनाइ थियो ।

    कांग्रेस नेताहरुबीच कुरा बाँझिदा गठबन्धनका दुई दल माओवादी र एकीकृत समाजवादीले देउवाबाट गठबन्धनका बारेमा स्पष्टा खोजेका थिए र बिहीबार नेताहरुबीच छलफल भएको थियो । देउवाले त्यसमा सकारात्मक जवाफ दिएको भन्दै नेताहरुले आफूहरुलाई ब्रिफिङ गरेका छन् ।

    तर स्थानीय तहको चुनावमा सबै तिर गठबन्धन गर्न भने सहज नभएकाले स्थानीय स्तरमा आवश्यकताको आधारमा गर्न सकिने र एमालेलाई साइजमा ल्याउन सकिने ती दलहरुबीचको समान धारणा रहेको छ ।

    उता एमालेले भने लोकतान्त्रिक समाजवादी, राप्रपासहितका दलहसँग गठबन्धन गर्न सक्ने चर्चा चलिरहेको छ ।

    कांग्रेसले एक्लै चुनाव लड्न खोजे पनि माओवादी र एकीकृत समाजवादीको जनाधार कमजोर रहेको र स्थानीय तहमा एमालेको अवस्था गत निर्वाचनमा पनि बलियै भएकाले गठबन्धन हुने/ नहुने कुराले आगामी स्थानीय तहमा प्रभाव पार्ने देखिन्छ ।

       

    मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.