• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

चोभारको बन्दरगाह शिलान्यास गर्दा कांग्रेसले तीनपटक रोकेको ओलीको खुलासा


  •   बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
  • भक्तपुर,२३ चैत्र ।  पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चोभारको बन्दरगाह शिलान्यास गर्न नेपाली कांग्रेसले आफूलाई तीनपटक रोकेको ओलीको खुलासा गरेका छन् ।

    Advertisement

    सूर्यविनायक नगरपालिका-८ सिपाडोलमा रहेको शान्ति निकेतन माविको नवनिर्मित भवनको आज उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा अध्यक्ष ओलीले नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बिभिन्न आयोजनाहरु उद्घाटन गरिरहेको व्यंग गर्दै चोभारको बन्दरगाह शिलान्यासमा देउवाले आफू प्रधानमन्त्री हुँदा त्यहाँ हुँदैन भनेर पटक-पटक रोक्ने कोशिश गरेको बताएका हुन् ।

    अध्यक्ष ओलीले आफ्नो पालामा सवै काम सिद्धिएर उद्घाटन गर्न ठिक्क पारिएको बन्दरगाहको उद्घाटन देउवाले गरेको भन्दै ओलीले आक्रोश समेत व्यक्त गरेका हुन् । उनले आफ्नो सरकारको पालामा नै निर्माण भईसकेका यस्ता धेरै आयोजनाहरु अझै देउवाले उद्घाटन गर्दै जाने भनेर तीखो बाणरुपी शब्दहरु प्रयोग गर्दै देउवाको उपहास समेत गरेका छन् ।

    यस्ता अर्को फरक प्रसंगमा आफ्नो धारणा राख्दै ओलीले विद्यार्थीको भविष्य शिक्षकको हातमा हुने भएकाले शिक्षक नियुक्ति गर्दा भनसुनले नभई उत्कृष्ट शिक्षक परीक्षाबाट लिनुपर्ने बताए । उनले सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा सबैका लागि व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् ।

    उनले विद्यार्थीको भविष्य शिक्षकको हातमा हुने भएकाले शिक्षक नियुक्ति गर्दा भनसुनले नभई उत्कृष्ट शिक्षक परीक्षाबाट लिनुपर्ने बताए । उनले भने, “एउटा शिक्षक कमजोर हुँदा कक्षामा रहेका सबै विद्यार्थीको भविष्य कमजोर हुन्छ, त्यसैले शिक्षक नियुक्तिमा भनसुन रोक्नुपर्छ, शिक्षक भर्ना गर्दा क्वालिटीको शिक्षक भर्ना गर्न मन्त्रालयदेखि सबैले ध्यान दिनुपर्छ ।”

    विविधतामा एकता आवश्यक पर्ने भएकाले विद्यार्थीलाई कक्षादेखि नै देश भक्ति सिकाउनुपर्नेमा जोड दिँदै उनले भोट र सरकारमा मात्रै नभई जनताको दैनिक जीवनयापनमा पनि लोकतन्त्र आउनुपर्ने बताए ।

    शिक्षाले वास्तवमा जीवन जिउने कला दिन्छ भन्दै उनले शिक्षाले जीवनमा वास्तविक सुख प्राप्त गर्ने बाटो खोल्ने भएकाले सिङ्गो नेपाललाई नै समृद्ध नेपाल बनाउने र देशभरका जनतालाई सुखी बनाउने आफ्नो अभियान नरोकिएको बताए ।

    सूर्यविनायकमा निर्माणाधीन अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण भइरहेको चर्चा गर्दै ओलीले भने, “यहाँको चिडियाखाना विस्तार कार्य रोकिएको छ, मैले सुरु गरेका विकासका काम विभिन्न कारण देखाउँदै रोक्न काम भइरहेको छ, तर हामी आत्तिएका छैनौँ, किनकि सबैलाई थाहा छ, रातपछि फेरि घाम लाग्छ ।”

    एमाले अध्यक्ष ओलीले गठबन्धनको लछाचँुडीले विकास एक वर्ष खेर गएको आरोप लगाउँदै देशभरका सबै पालिका र सदरमुकाममा दुई वर्षभित्र जोड्ने गरी एकै पटक देशभरका २६५ सडक उद्घाटन गरे पनि अहिले यो विकास पनि रोकिएको बताए ।

    कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जनप्रतिनिधिको यो पाँच वर्ष भक्तपुरको विकासका लागि स्वर्णयुग साबित भएको बताए । सूर्यविनायकका नगरप्रमुख वासुदेव थापाले यस नगरको विकासमा सबै जनप्रतिनिधि र तीन तहकै सरकारको सहयोगले मुहार फेर्न सफल भएको बताए ।

    कार्यक्रममा ८ नं वडाका वडाध्यक्ष एवं सूर्यविनायक नगरपालिका सामाजिक विकास समितिका संयोजक किरण थापाले २० कोठे दुईवटा भवन निर्माण सम्पन्न गरेर भवन हस्तान्तरण गर्न पाउनु ठूलो उपलब्धि भएको बताए । उनले भूकम्प पुनः निर्माण प्राधिकरणको कूल रु छ करोड ४७ लाखको लागतमा सुविधा सम्पन्न, अपाङ्ग मैत्री भवन निर्माण भएको बताउँदै साइन्स ल्याब, कम्प्युटर ल्याबलगायत सञ्चालनमा ल्याएको बताए । उनले यस वडामा छ विद्यालय भवन, एक नगर अस्पताल, विभिन्न सडक, पुल, खानेपानी लगायतको विकास भएको बताए ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पाण्डवराज अधिकारीलाई विद्यालयको साँचो हस्तान्तरण गरिएको थियो भने भवन निर्माणमा सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।

    बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.