निराज रानाभाट , भरतपुर , चितवन : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा प्रचारप्रसार अभियानलाई व्यापक बनाउन सामाजिक सञ्जाल प्रचारप्रसार उप – समिति गठन गरेको छ ।
शुक्रबार बसेको नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको बैठकले चितवनका युवा नेता दिनेश पौडेललाई सामाजिक सञ्जाल प्रचारप्रसार उप – समितिमा चयन गरेको हो । युवा नेता पौडेल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ चितवनका उपाध्यक्ष हुन् ।
केन्द्रीय सदस्य राजेन्द्र कुमार के.सी. को सयोजकत्वमा सामाजिक सञ्जाल प्रचारप्रसार उप – समिति गठन गरेको हो । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतको सभापतित्वमा बसेको समितिको बैठकले सामाजिक सञ्जाल मार्फत यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा प्रचार गर्न सो उप – समिति गठन गरेको जनाएको छ ।
