कम्पनी रजिस्ट्रारको आधिकारिक सेवा केन्द्र ग्राफिक मार्ग र शुभारम्भ कन्सल्टिङ विच सहकार्य हुने भएको छ ।
आज एक कार्यक्रमका बिच ग्राफिक मार्ग को तर्फ बाट ब्यबस्थापक लक्ष्मी पोख्रेल र शुभारम्भ कन्सल्टिङको तर्फबाट प्रबन्धक जितेश कुमार कलवारले सहमति पत्रमा हस्ताक्षर गर्नु भयो ।
सहमति पत्रमा हस्ताक्षर गर्दै ग्राफिक मार्गकि ब्यबस्थापक पोख्रेलले शुभारम्भ कन्सल्टिङसंग काम गर्न पाउदा खुसी लगेको र नेपालमा नै केही गर्नु पर्छ भन्ने युवालाई सधै प्रोत्साहन गर्ने बताउनु भयो । सथै शुभारम्भ कन्सल्टिङका कलवारले आधिकारिक सेवा केन्द्र संग काम गर्न पाउनु राम्रो अवसर पाएको र युवाहरु लाई काम गर्न प्रेरणा दिनु भएकोमा धन्यवाद ज्ञापन गर्नु भयो ।
अब चितवन र हेटौंडाबाट शुभारम्भ कन्सल्टिङले कम्पनी दर्ता तथा सो संग सम्बन्धित कामको सहजीकरण गर्ने छ ।
