भरतपुर चितवन, यही मंसिर ४ गते हुन गइरहेको स्थानीय चुनाबमा उमेश श्रेष्ठको उमेद्वारी किन ? भनेर गरिएको प्रस्नमा
उमेश श्रेष्ठ :आफ्नो सम्गर्षले भएको उमेश श्रेष्ठ भएको हो, आफ्नो बाल्यकालको अध्यन सकेर नेपालमै केहि गर्नु पर्छ नेपालमै सम्भावना धेरै छ भनेर निजि क्षेत्र तर्फ
आफ्नो पाइला सारेर, धेरै हण्डर ठक्कर खाएको एक स्थापित उद्यमी हो | २१,२२ बर्षको उमेरमा केहि गर्नु पर्छ भनेर अहिले तमाम यो क्षेत्रमा युवाहरु धेरै हुनुहुन्छ , म पनि यही उमेर हुदै आएको हुनाले युवामा पर्ने समस्या समाधानको निमित्त पनि मेरो उमेद्वारी हो | भरतपुर, कालिका इच्छाकामना क्षेत्रमा धेरै उद्यमी बनाउने खालको क्षेत्र छन |
यो क्षेत्रमा म आउनु भनेको उद्यमशिलता विकास, यो क्षेत्रको पहाडी क्षेत्रमा उत्पादन भएका अर्गानिक उत्पादनलाइ उचित बजारीकरणको, यस क्षेत्रमा भएका कविलास, कविलास मन्दिर, इच्छाकामना मन्दिर विकास, इच्छाकामनामा रहरको लामो झर्ना आदि पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउनको लागि मेरो लागि मेरो उमेद्वारी रहेको छ |
भौगोलिक हिसाबले उक्त्त क्षेत्रका केहि भूभाग समथर रहेपनि धेरै भूभाग डाडाकाडा रहेको र समथर र डाडाकाड मा रहेका बस्तीहरुका, विधार्थीहरुको अभिभावकत्व बहन गर्न मेरो उमेद्वारी रहेको छ |
साथै आफ्नो जीवनमा धेरै काम गरेको र अब समाज प्रति पूर्ण समर्पित भइ समाजमा रहेकाहरेक समस्या समाधानको निमित्त मेरो उमेद्ववरी रहेको बताउनु भयो | संगर्ष गरेको व्यवसायमा मा सफल भए र समाज मा ज्ञानको ज्योति छर्ने काम गरे, अब समाज प्रतिको समर्पितमा पनि सफल हुनेछु र समाजमा केहि सकारात्मक कुरा गरि आफ्नो क्षेत्रको बिकासको लागि म समर्पित रहेको प्रतिबद्धता जनाउनु भयो|
