• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

विश्व आँखा दिवस : बाल्य अवस्थादेखि नै आँखाको जोखिम बढ्दै


  •   बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
  • सहरी क्षेत्रमा बालबालिकाले घरभित्रै समय व्यतित गर्ने समय बढाउँदा त्यसको असर आँखामा पर्न थालेको छ। आँखालाई स्वस्थ बनाउन बालबालिकाले दैनिक कम्तीमा दुई घन्टा घर बाहिरको खुला क्षेत्रमा समय बिताउनुपर्ने हुन्छ। तर प्रविधिको विकाससँगै बालबालिकाले घरभित्रै बसेर मोबाइल, टेलिभिजनमा बढी समय बिताउने गरेका कारण आँखाको समस्या भएका बालबालिकाको संख्या बढ्न थालेको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेस चन्द्र भट्टले बताए।

    Advertisement

    गेटा आँखा अस्पतालले कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा गेएको सर्वेक्षणअनुसार निजी विद्यालयमा अध्ययन गर्ने बालबालिकाको आँखामा बढी समस्या देखिएको छ। निजी शैक्षिक संस्थामा अध्ययन गर्ने बालबालिकाको तुलनामा सरकारी शैक्षिक संस्थामा अध्ययन गर्ने बालबालिकामा कम समस्या देखा परेको उनले बताए।

    गेटा आँखा अस्पतालले गरेको सर्वेक्षणअनुसार निजी शैक्षिक संस्थामा अध्ययन गर्ने बालबालिकामध्ये करिब ५ प्रतिशत बालबालिकामा आँखाको समस्या देखापर्ने गरेको छ भने सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकामध्ये करिब ३ प्रतिशतमा आँखाको समस्या देखिएको छ।

    अस्पतालले धनगढीका १० सामुदायिक र ८ निजी गरी १८ विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरेको थियो । १८ विद्यालयबाट पाँच हजार १२८ बालबालिकाको आँखा परीक्षण गर्दा निजी विद्यालयमा अध्ययनरत ४ दशमलव ७ प्रतिशत बालबालिकाको आँखामा समस्या देखिएकोमा सामुदायिक विद्यालयमा अध्ययनरत दुई दशमलव ५ प्रतिशत विद्यार्थीको आँखामा समस्या देखिएको बाह्य कार्यक्रम व्यवस्थापन भट्टले बताए ।

    ‘बालबालिका स्कुलको गृहकार्यमा व्यस्त हुने र त्यसबाहेकको समय मोबाइल टिभी हेरेर घरभित्रै बिताउने क्रम बढेसँगै बालबालिकाको आँखामा समस्या बढ्ने गरेको पाइएको छ,’ उनले भने, ‘धेरै बालबालिकामा न्युन दृष्टिको समस्या रहेको छ, अहिले चस्मा लगाउने बालबालिका त्यसैले बढी छन्।’ बालबालिकालाई कम्तीमा पनि दुई घन्टा घर बाहिरको खुल्ला वातावरणमा खेल्ने वातावराण मिलाउन अभिभावकलाई उनको सुझाव छ।

    नियमित आँखा परीक्षण गराउने नागरिक कम
    सुदूरपश्चिम प्रदेशका नियमित आँखा परीक्षण गराउनेको संख्या न्युन रहेको छ। स्वस्थ आँखाका लागि युवा अवस्थामा दुई वर्षमा एकपटक आँखा परीक्षण गराउनु आवश्यक हुन्छ भने ४० वर्ष नाघेपछि वर्षमा एकपटक अनिवार्य आँखा परीक्षण गराउनुपर्दछ। ४० वर्ष नाघेपछि डायबिटिज, उच्च रत्तचाप जस्ता रोगका कारण आँखामा असर पुर्‍याउने हुँदा वर्षमा एकपटक आँखा परीक्षण अनिवार्य हुन्छ। तर सुदूरपश्चिमका नागरिक भने आँखामा समस्या देखिएपछि मात्रै अस्पताल पुग्ने गरेका नेत्र चिकित्सक बताउँछन्।

    ‘४० वर्षपछि आँखाको ज्योति विस्तारै कम हुने हुँदा चस्माको आवश्यकता पर्ने हुन्छ,’ गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक भट्टले भने, ‘त्यसका लागि ४० बर्ष नाघेका नागरिकले वर्षमा एकपटक अनिवार्य आँखा परीक्षण गराउनुपर्ने हो, तर यहाँ त्यस्तो हुन सकेको छैन, आँखामा समस्या देखिएपछि मात्रै बिरामी अस्पताल पुग्ने गरेका छन्।’

    गेटा आँखा अस्पतालले आर्थिक वर्ष २०७८/०७९ मा दुई लाख ५१ हजार ८ सय ३१ जनाको आँखा परीक्षण गरेको छ। गेटाबाहेक प्रदेशका २१ स्थानबाट सेवा सञ्चालन गर्दै आएको गेटा आँखा अस्पतालले परीक्षण भएकामध्ये २४ हजार १ सय ४१ जनाको अप्रेसन गरेको छ।

    आर्थिक वर्ष २०७८/०७९ मा गेटा आँखा अस्पतालले प्रदेशका विभिन्न स्थानमा गरेको आँखा शिविरमा २० हजार दुई सय ७८ जनाको नि:शुल्क आँखा परिक्षण गरेको छ। गत वर्ष प्रदेशका विभिन्न स्थानमा गरिएका २८ वटा आँखा शिविरमा सहभागीमध्ये दुई हजार आठ सय ५३ जनाको मोतीबिन्दु र अन्य समस्या भएका २३ जनाको नि:शुल्क सल्यक्रिया गरेको छ।

    सुदूरपश्चिममा ७७० जनाद्वारा आँखा दान गर्ने घोषणा
    सुदूरपश्चिममा हालसम्म सात सय ७० जनाले आँखा दानका लागि इच्छापत्र दिएका छन्। मानिसको मृत्युपश्चात पनि आँखालाई जीवितै राख्न सकिने र अन्य मानिसलाई दृष्टि दिन सकिने भएका कारण आँखा दान गर्न गेटा आँखा अस्पतालले आग्रह गर्दै आएको छ।

    सोही आग्रहअनुसार हाल सम्म सात सय ७० जनाले मृत्युपश्चात आँखा दान गर्ने भन्दै इच्छापत्र दिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले बताए। आँखा दान गर्ने इच्छापत्र दिएकामध्ये अहिलेसम्म दुईजनाको आँखा झिकिएको भट्टले बताए।

    उनका अनुसार मृत्युपश्चात गरिएको आँखा दानबाट नेपालमा १० हजार तीन सय ७८ जनाले नयाँ आखा प्रत्यारोपण गरिएको छ ।
    विश्व दृष्टि दविसका ‘आँखालाई माया गरौं’ भन्ने नाराका साथ बिहीबार मनाइँदैछ। दिवसका अवसरमा गेटा आँखा अस्पतालले विभिन्न कार्यक्रम गरेर जनचेतना दिने छ। गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टका अनुसार बिहीबार बिहान धनगढी चौहारबाट प्रभातफेरी र्‍यालीको आयोजना गरिएको छ। त्यसैगरी गेटा आँखा अस्पतालको शाखा रहेको बुद्ध मन्दिर धनगढीमा नि:शुल्क आँखा शिविर सञ्चालन गरिने छ।

    सुदूरपश्चिम देशकै अन्धोपन कम हुने प्रदेश
    सुदूरपश्चिम प्रदेशमा देशभरिमा सबैभन्दा कम अन्धोपन रहेको एक अध्ययनले देखाएको छ। अन्धोपन निवारणका लागि अन्तर्राष्टिय एजेन्सीको सहयोगमा देशभरि ५० वर्षभन्दा माथिका व्यक्तिहरुमा गरिएको अध्ययनमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम शून्य दशमलब ६ प्रतिशतमा अन्धोपन देखिएको हो।

    सन् २०२० अप्रिलदेखि २०२१ अप्रिलसम्म सातवटै प्रदेशमा अध्ययन गरिएको थियो। अध्ययनअनुसार बागमती प्रदेशमा शून्य दशमलब ६५ प्रतिशत, गण्डकी प्रदेशमा शून्य दशमलब नौ प्रतिशत, प्रदेश १ मा शून्य दशकलब ८५ प्रतिशत, कर्णाली प्रदेशमा शून्य दशमलब ९५ प्रतिशत, लुम्बिनी प्रदेशमा एक दशमलब ७५ प्रतिशत र मधेस प्रदेशमा १ दशमलब ३ प्रतिशतमा अन्धोपन देखिएको छ।

    अन्धोपन निवारणका लागि अन्तरराष्टिय एजेन्सीको सहयोगमा सुदूरपश्चिममा गेटा आखा अस्पतालले र अन्य प्रदेशमा सम्वन्धित प्रदेशका आखा अस्पतालले अध्ययन गरेका हुन्। १९७९ मा बिश्व स्वास्थ्य संगठनले नेपाल सरकारसँग मिलेर गरेको सर्वेक्षणमा सुदूरपश्चिममा सबैभन्दा बढी अन्धोपन भेटिएपछि गेटा आखा अस्पतालको स्थापना गरिएको हो। नर्वेजियन सरकारको सहयोगमा सञ्चालित आँखा अस्पतालको निर्देशक सुरुमा नर्वेजियन डाक्टर नै हुने गरेका थिए। तर सन २००४ देखि अस्पताल आत्मनिर्भर भएर सञ्चालन भैरहेको छ।

    गेटा आँखा अस्पतालको महेन्द्रनगर आँखा अस्पताल धनगढीको बुद्ध मन्दिर, टीकापुर र डडेल्धुरामा सर्जिकल सेन्टर छन् भने सुदूरपश्चिमका सबै जिल्लामा आँखा उपचार केन्द्रहरु रहेका छन्।

    बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.